मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

कृषि कर्मबाटै करोडपति भइन् समिता..

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ – हो, समिता कृषि कर्मबाटै एक दशकमा आज करोडौं सम्पत्तिको मालिक भएकी छिन् । जिल्लाकै नमुना महिला कृषि उद्यमी बनेकी छन् । यो सफलतामा फरवार्डसँगै उनका श्रीमानले पनि उत्तिकै साथ दिएका छन् । बैंदेशिक रोजगारीबाट फर्किएर पछि श्रीमान श्रीमति ‘एउटै रथका दुई पाङ्ग्रा’ जस्तै भएर मेहनत गरिरहेका छन् ।

- Advertisement -

त्यसो त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले समिता जस्ता हजारौं महिलाहरुलाई उद्यमशिल बनाएको छ । फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष महिला सशक्तिकरणकी अगुवा राजनीतिज्ञ भगबती चौधरी हुन् । २७ वर्ष अगाडी तराई मधेशमा व्याप्त सामाजिक, आर्थिक, सांस्कृतिक विभेद र अशिक्षालाई चिर्न उनैले ग्रामिण महिला उत्सुकता विकास मञ्च नामक संस्था खडा गरी गाउँगाउँ वित्तीय साक्षरता र उद्यमशिलताका कार्यक्रम पुर्याएकी हुन् । ‘फरवार्ड माइक्रोफाइनान्सले महिलाहरुलाई लघुवित्त कार्यक्रममार्फत स्वरोजगार मात्र बनाएको छैन, समाजमा कुनैपनि विषयमा खुलेर बोल्ने, आफ्ना हक अधिकार खोज्ने, महिला हिंसा विरुद्ध आवाज उठाउने पनि बनाएको छ । कुनैपनि महिलालाई आर्थिक अधिकार दिइयो भने उसले पुरुष भन्दापनि राम्ररी काम गर्न सक्छिन् भन्ने उदाहरण हामीसँग धेरै छ ।’ पूर्वराज्यमन्त्री समेत भइसकेकी चौधरी भन्छिन् ।

फरवार्ड माइक्रोफाइनान्सले लघुवित्त कार्यक्रम सञ्चालन गर्दा सुरुमै महिलाहरुलाई उद्यमशिल तालिम तथा कर्जाको कसरी सदुपयोग गर्ने भनेर तालिम पनि दिने गरेको छ । समिता जस्तै हज्जारौं महिलाहरुलाई गाउँगाउँमा वित्तीय साक्षरता दिएर ऋण प्रवाह गरेकाले पनि फरवार्डको कर्जा सूचक खराब छैन । आज देशभर फरवार्डका ४० जिल्लाहरुमा १६० शाखामार्फत करिब तीन लाख भन्दा बढी महिलाहरु आर्थिक सशक्तिकरणमा जोडिएका छन् । आजको राजधानी दैनिकबाट

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -