शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
21.1 C
Kathmandu
27.3 C
Birgunj

दीपकराज गिरीले भने– ‘उचाई’ भारतबाट नेपालको विषयमा बनेको सबैभन्दा राम्रो फिल्म

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बलिउड फिल्म ‘उचाई’ शुक्रबारदेखि नेपालमा पनि रिलिज भएको छ । नेपालमा समेत छायांकन भएको फिल्मले आफ्नो विषयवस्तु नेपालको सान सर्वाेच्च शिखर सगरमाथा समेत बनाइएको छ । फिल्म ‘उचाई’ मा रहेको नेपाल र सगरमाथाको विषयमा बोलिएका मन छुने सम्वादले धेरैको मन छुन सफल भएको छ ।

- Advertisement -

अभिनेता दीपकराज गिरीले पनि फिल्म ‘उचाई’ भित्र रहेका नेपाल र सगरमाथाका बारेमा बोलिएको मन छुने संवादहरू आँखा रसाएको बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै ‘उचाई’ भारतबाट नेपालको विषयमा बनेको सबै भन्दा राम्रो चलचित्र भएको भन्दै तारिफ गरेका छन् ।

उनले लेखेका छन्, ‘चलचित्र ‘उचाई’ । चलचित्र हेरिरहँदा नेपाल र सगरमाथाका बारेमा बोलिएको मन छुने संवादहरूले आँखा त्यसै रसाएर आउँछ । भारतबाट नेपालको विषयमा बनाएको सम्भवतः सबैभन्दा राम्रो चलचित्र । समय मिल्छ भने हामीले पनि हेरेर साथ दियौ …जय नेपाल ।’

- Advertisement -

सुरज बड्जात्याको निर्देशनमा तयार भएको यो फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -