spot_img

दिल्ली रेलवे स्टेशनमा सिट विवादपछि कुटपिट, एक यात्रुको मृत्यु

spot_img
spot_img

काठमाडाै,०६ असार । भारतको दिल्लीस्थित शाहदरा रेलवे स्टेशनमा सिटको विषयलाई लिएर भएको विवाद हिंसात्मक बन्दा एक यात्रुको मृत्यु भएको छ। शनिबार बिहान योगा एक्सप्रेसको जनरल डिब्बामा सिट लिन खोज्ने क्रममा यात्रुहरूबीच सुरु भएको विवादले कुटपिटसम्मको रूप लिएको हो।

प्रहरीका अनुसार उत्तर प्रदेशको बागपत निवासी पंकज धामामाथि केही यात्रुहरूले सामूहिक रूपमा आक्रमण गर्दै लात–मुक्का प्रहार गरेका थिए। घटनास्थलमै उनी गम्भीर घाइते भएका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक रेलवे सुरक्षा बल (आरपीएफ) जवानले भीडबाट पीडितलाई छुट्याउने प्रयास गरेको देखिन्छ। तर तत्काल अस्पताल नपठाई उनलाई प्लेटफर्ममै छोडिएको दृश्य पनि भिडियोमा देखिएको छ।

गम्भीर अवस्थामा रहेका पंकजलाई पछि अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार उनको मृत्यु शरीरभित्र लागेको गम्भीर चोटका कारण भएको हो।

घटनापछि प्रहरीले गैरइरादतन हत्यासम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। सीसीटीभी फुटेज र भाइरल भिडियोका आधारमा आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य भइरहेको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय