बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
14.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

४० वटा मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमा ढुवानी गरिँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दुर्गम र हिमाली क्षेत्रका ४० वटा मतदान स्थलको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ । मतदानपछि ४० मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत गणना स्थलसम्म ढुवानी गरिने गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले जानकारी दिएका छन् ।

- Advertisement -

शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सचिव सिंहले भने–‘४० स्थानका मतपेटिका हेलिकप्टरको प्रयोग गरेर गणना स्थलसम्म ल्याउने तयारी गरेका छौं ।’ सवारी साधन चल्ने ठाउँका मतपेटिका भाडामा लिएको गाडीमा राखेर नेपाली सेना र सशस्त्र प्रहरीले स्कर्टिङ गरेर गणना स्थलसम्म ल्याउने छन् । मतपेटिका ढुवानी गर्दा सुरक्षा निकायका सवारी सधान प्रयोग नगर्नेगरी निर्देशिका तयार गरिएको गृह सचिव सिंहले जानकारी दिए ।

‘अन्य गाडी नभएको अवस्थामा मतदान अधिकृतले लिखित आग्रह गरेपछि सुरक्षा निकायको सवारीमा ब्यालेट बक्स राख्न सकिन्छ’ सचिव सिंहले भने–‘तर, ब्यालेट बक्स राखेको सवारीमा मतदान अधिकृत मात्र बस्छन्, सुरक्षाकर्मीले स्कर्ट गर्छन् ।’ ​

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -