10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

अभिनेता गोविन्दाका छोरा यशवर्धनले फिल्ममा डेब्यू गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । भारतीय अभिनेता गोविन्दा आहुजाका छोरा यशवर्धन आहुजाले बलिउडमा डेब्यू गर्ने भएका छन्।

- Advertisement -

फिल्म ‘आओ ट्विस्ट करें’ बाट उनले बलिउडमा डेब्यू गर्न लागेका हुन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार याे फिल्मलाई गोविन्दाले निर्माण गर्ने भएका छन् । फिल्ममा चर्चित कोरियोग्राफर गणेश आचार्यकी छोरी सौन्दर्या आचार्यको समेत मुख्य भूमिका रहने भएकाे छ। यस फिल्मलाई कसले निर्देशन गर्ने भनेर घोषणा भने गरिएको छैन् ।

सन् २०२१ मा गोविन्दाकी श्रीमती सुनिता आहुजाले छोराको बलिउड डेब्यूलाई लिएर छिट्टै फिल्ममा काम गर्ने घोषणा समेत गरेकी थिइन् । यशवर्धनले साजिद नाडियाडवालासँग सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् । उनले ढिशूम, किक २ र तडप जस्ता फिल्ममा काम गरेका थिए।

- Advertisement -

गोविन्दाकी छोरी टिना आहुजाले पनि सन् २०१५ मा ‘सेकेन्ड ह्यान्ड हजबेन्ड’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। तर फिल्मले व्यवसायिक रूपमा सफलता पाउन भने सकेकाे थिएन ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -