बीरगन्ज। माघ २८ गते आयोजित बीरगन्जको दियालो लोर्ड्स प्लाजामा सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित,र मिस नेपाल २०२२ प्रियँका जोशीद्वारा संयुक्त रुपमा ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, एस२३+ र एस२३ अल्ट्रा मोबाइलहरु प्रस्तुत गरिएको थियो ।
निर्देशक स्थापितका अनुसार ग्यालेक्सी एस २३ सिरिजमा दिनभर सजिलै चल्ने शक्तिशाली ब्याट्री, भिजन बूस्टर, २०० मिलियन पिक्सल क्यामरा, उत्कृष्ट मोबाइल प्रविधि जस्ता विशेष्ताहरु जसले आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्ने पनि बताएँ ।
शुन्य प्रतिशत ब्याजदरमा मासिक न्यूनतम किस्ता रु.६४०० मा पनि लिन सकिने साथै एक वर्षको लागि ब्रेकेज इनसुरेंस पनि रहेको बताएँ ।
त्यसै गरि सामसङ्गले ग्यालेक्सी एस २३ प्री–अर्डर गर्दा अफर समेत ल्यएकाे छ ,
क्यामरा
सामसङ्ग ग्यालेक्सीको अत्यन्त उत्कृष्ट क्यामराले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता जस्तैः ट्रान्सफरमेटिभ एआइको साथमा वास्तवमै सिनेम्याटिक नाइतोग्राफि भिडियोहरु खिच्ने कलालाई प्रदर्शन गर्ने व्यापक स्वतन्त्रता प्रदान गर्दछ । सामसङ्ग ग्यालेक्सीमा– पहिला, ग्यालेक्सी एस२३ अल्ट्रामा व्यापक अपग्रेड गरिएको एडप्टिभ पिक्सल २०० मिलियन पिक्सल सेन्सर छ, जसले अतुलनीय प्रिसिजनका साथ एपिक क्षणहरुलाई क्याप्चर गरिदिन्छ । यसले एकैपटकमा उच्चतम रिजोलुसनका धेरै स्तरहरुलाई साथ दिन पिक्सल बिनिङ्ग प्रयोग गर्दछ । हिजोआज हामीले आफूलाई कसरी प्रस्तुत गर्छौं भन्न सेल्फी क्यामराको महत्व ज्यादा भएकोले ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ ले छिटो अतो फोकस हुने र पहिलो ग्यालेक्सी सुपर एचडिआर सेल्फी क्यामरा प्रस्तुत गरेको छ, जुन ३० एफपिएसबाट एकैपटक ६०एफपिएसमा पुगेको छ, जसले तीक्ष्ण रुपमा फ्रन्ट फेसिङ फोटोहरु र भिडियोहरु खिच्न सहज बनाउँछ । ग्यालेक्सी एस२३ अल्ट्रामा भएको एस पेनले टाइमर सेट नगरेरै ग्रुप फोटो खिच्न सहज बनाइदिन्छ । सबै प्लेटफर्महरुमा कुविक सेरेका साथ उच्च रिजोलुसनका फोटोहरु आदानप्रदान गर्ने सुविधा भने छ ।
प्रोसेसर
ग्यालेक्सी एस२३ सिरिजका कुनै पनि डिभाइसमा अधिक शक्तिशाली चिपसेट जडान गरिएको छ । क्वालकोमसंगको नजिकको सहकार्यका साथ यसले ग्यालेक्सीको लागि स्न्यापड्रागन® ८ जेन २ मोबाइल प्ल्यात्फोर्ममा प्रदान गरेको छ, जसले फ्युचर–रेडीे मोबाइल गेमिङ्ग अनुभव र शक्तिशाली दिगो गेम प्ले उपलब्ध गराउँछ । साथै जिपियुले रे ट्रेसिङ्ग मोड्युललाई सक्षम बनाउँछ, जसले पिसिमा जस्तै वास्तविक गेमिङ्ग अनुभव दिन्छ ।
डिस्प्ले
ग्यालेक्सी एस२३ अल्ट्राको एक्सपानसिभ ९भहउबलकष्खभ० डिस्प्ले ग्यालेक्सी स्मार्टफोनमा उत्कृष्ट र उज्यालोे भिजुअल अनुभव दिन्छ । ग्यालेक्सीमा भएको युनिक इन्हान्सद कम्फोर्टले तपाईंलाई मधुरो प्रकाशमा तपाईंको आँखामा स्क्रिन निझाउन मद्दत गर्दछ किनकी ग्यालेक्सी एस२३ सिरिजको कन्ट्रास्ट अनुपातहरु आँखामा तनाव कम गर्ने गरी डिजाइन गरिएका छन् । उत्कृष्ट दृश्यावलोकनका लागि ग्यालेक्सी एस२३ को डिस्प्ले पहिलेको भन्दा उज्यालो छ । यसको माथिल्लो स्तर १७५० निट्स पुगेको छ (१३०० निट्सबाट बढेर) । भिजन बूस्टरका साथ हाम्रो डिस्प्लेले ३ तहाके उज्यालोपना र रङ्ग समायोजनका साथ वातावरणको प्रकाशलाई अनुकूल बनाउँछ ।
डिजाइन र टिकाऊ
एस२३ सिरिजका नयाँ स्त्यन्डर्ड सेटिङ आविष्कारहरु एक आकर्षक डिजाइनका साथ तयार पारिएका छन्, जसमा कुनै पनि ग्यालेक्सी स्मार्टफोनको अझ पुनः प्रशोधित पदार्थहरुका साथ सामसङ्गको दिगो प्रतिबद्धता झल्किन्छ । एस२३ सिरिज युएल इकोलागो प्रमाणित छन्, जसले उत्पादित सामान वातावरणीय असर कम पार्नका लागि सक्षम छन् भन्ने प्रमाणित गर्दछ । एकपटक मात्र प्रयोग हुने प्लाष्टिकहरु हटाउन ग्यालेक्सी एस२३ सिरिजले एक दिगो स्रोतको रुपमा रहेको १०० प्रतिशत पुनः प्रशोधित कागजबाट पुन निर्मित बक्समा प्रयोग गरिएको छ ।
ब्याट्री
ग्यालेक्सी एस२३ मा दिनभर सजिलै चल्ने शक्तिशाली ब्याट्री छ । ग्यालेक्सी एस२३ र ग्यालेक्सी एस २३ प्लसमा स्लिक डिजाइनलाई यथावतै राख्दै अब २०० एम ए एच द्वारा वृद्धि गरिएको ठूलो ब्याट्री रहेको छ । ग्यालेक्सी एस२३ अल्ट्रामा ५००० एम ए एच ब्याट्रीको शक्ति छ, जसबाट स्ट्रिम, गेम, स्क्रोल, फिल्म हेर्न र विविध कार्य सजिलैसंग हुन्छ ।
तपाईंले https://cms-prd.mygalaxy-nbs.com/NP-S23-Preorder/ वेबसाइटमा गएर वा नजिकैको सामसङ्ग शोरुमहरुमा जानु भएर औपचारिक रुपमा आफ्नो प्रिय उपकरणको प्री–अर्डर दर्ता गर्न सक्नु हुन्छ । प्री–अर्डर अफर गर्ने अवधि यही २०७९ फागुन १० गतेसम्म वा स्टक रहेसम्म मात्र रहेको छ ।