शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
21.1 C
Kathmandu
27.3 C
Birgunj

बीरगन्जमा अबैध संरचना माथी महानगरपालिकाले चलायो डोजर- फाेटाे फिचर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज। माईधिया पोखरी र चिर्डेन पार्काे जग्गा अतिक्रमण गरि निर्माण गरिएको अबैध संरचना माथी बीरगन्ज महानगरपालिकाले डोजर चलाएकाे छ ।

- Advertisement -

बीरगन्ज महानगरपालिकाले सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ ।

आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि महानगरले मंगलबार डोजर चलाएको हो । यो समाचार तयार पार्दासम्म महानगरपालिकाले ७ वटा घरहरु भत्काइसकेको छ ।

- Advertisement -

एडभान्स अस्पताल, शान्ति पोलिक्लिनिक सहित ७ वटा संरचनामा डोजर चलिसकेको छ ।

चिल्ड्रेन पार्कको पूर्व तर्फ बनाइएका अवैध घरहरुमा डोजर चलाइएको बीरगन्ज महानगरपालिका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । ‘पोखरीको जमिन अतिक्रमण गरेर संरचना बनेका थिए, निस्सा पेश गर्न आग्रह गर्दा एकदमै कमले मात्रै निस्सा बुझाए,’ उनले भने, ‘आजदेखि निस्सा नबुझाएकाहरुको संरचना माथि डोजर चलाएका छौं, ७ वटा भौतिक संरचना तोडिसकेका छौं ।’

पोखरीको जमिन अतिक्रमण गरेर विभिन्न संरचना बनेको बीरगन्ज महानगरपालिकाले जनाएको छ । यसअघि पोखरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाको निस्सा पेश गर्न महानगरले सम्बन्धित व्यक्तिहरुलाई पटक पटक सूचना प्रकाशित गरेर आग्रह गरेको थियो ।

प्रमाण देखाउन नसकेकाहरुको संरचना भत्काउने महानगरको तयारी छ ।

१५ कात्तिकमा दुई दिन भित्र निस्सा पेश गर्न आग्रह गर्दै महानगरले पत्र काटेको थियो । साथै नगर प्रहरीसहित नक्सा शाखाको टोली सम्बन्धित व्यक्तिहरुकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह समेत गरेको थियो । महानगरले निस्सा नभएका व्यक्तिहरुलाई आफैंले संरचना भत्काएर सामान सुरक्षित ठाउँमा राख्न भनेको थियो ।

०२२ सालको नापीमा पोखरी ४ विघा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको देखिएको छ । अतिक्रमण गरी निजी भवन, अस्पताल बनाउन थालेपछि पोखरी १८ कट्ठामा मात्रै सीमित बनेको छ । पोखरीको बचेको जग्गामा ‘चिल्ड्रेन पार्क’ बनाइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -