जनकपुरधाम, बैशाख ६ ।
धनुषा प्रहरीले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरी चाैकी बरमझियाबाट खटेकाे प्रहरी टाेलीले जिल्लाकाे विभिन्न स्थानबाट विभिन्न मुद्दाका फरार तीनजना प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत धनुषा समक्ष उपस्थित गराइ कारबाही अगाडि बढाइएको जनाइएको छ ।
यसैबीच धनुषा प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल ल्याउँदै गरेको १० लाख १७ हजार बराबरको अवैध सरसामान सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान १० बजेको समयमा तुल्सियाही प्रहरी चाैकीबाट खटेकाे प्रहरी टाेलीले मुखियापट्टी मुसहर्निया गाउँपालिका -३ स्थित सार्वजनिक सडक खण्डमा चेक जाँच गर्ने क्रममा एक जनालाई सरसामान सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका -६ का बैजनाथ मण्डल रहेका छन् । उनले चलाएर ल्याएको कागजत पत्र नभएको ज.२ त ८९३ नं. काे ट्याक्टर र साेही ट्याक्टरकाे पछाडि डालीमा ४ सय ८५ पिस सिमेन्टकाे टाली भारतबाट भन्सार छली गरी ल्याएको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महाेत्तरी ले जनाएका छन् । सरसामान र पक्राउ परेका मण्डललाई आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवाडामा बुझाइने जनाइएको छ ।

