
जनकपुरधाम, वैशाख ७ । जनकपुरधाममा अहिले रुख बिनाको उजाड देखीयो । गर्मीको मौसम भएकोले पैदल यात्रुलाई यात्रामा सकस हुनेनै भयो । पहिला सितल हुने जनकपुरधामको सडक किनार धुलो र धुवाले भरीन थाले । पैदल यात्रु कम भए । विधुतीय रिक्साको आवतजावत बढ्यो ।
जुनबेला सडक किनारामा बिरुवा रोप्ने अभियान चलीरहेको थियो । भनिन्छ ‘एउटा बिरुवा रुख बन्नको लागी ३० बर्ष लाग्छ । यति खेर जनकपुरधाम क्षेत्रका हावाको प्रदुषण स्तर बढिरहेकाले यस क्षेत्रमा बसोबास गर्नेहरुको स्वास्थ्यमा असर पुग्ने सम्भावना बढेको छ । धुवा दिने सवारी साधनको अत्यधिक प्रयोग, पराल, कागज,प्लाष्टिक लगायतका सामानहरु जलाइएने क्रम बढ्दा राजधानी काठमाडौँ जस्तो जनकपुरधामको वातवारण प्रदुषण बढेको छ ।
जनकपुरधाममा “सफा अभियान जनकपुरधाम” मूलनाराका साथै वायु पदूषण बारेमा जनचेतना कार्यक्रम भइरहेको छ। जनकपुरधामका वार्ड नं ०९ मा युवाहरुले वायु पदूषण बारेमा जनचेतना कार्यक्रम गरी सरसफाई र वृझारोपन कार्यक्रम सम्पन गरेका छन् ।
युस एमबरसी,क्लिन इनर्जी नेपालको सहयोग र जनकपुर युथा टिमको आयोजनामा उक्त कार्यक्रम भइरहेको छ भने सरसफाई कार्यक्रममा वार्ड ९ का अध्यक्ष परमेश्वर कर्ण,सरसफाई अभियन्ता धीरज साह, आशुतोष झा, शीबेन्द्र साह,अभियानी, अमित मिश्र लगायत उपस्थिति रहेका छन्।
जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाका जनप्रतिनिधिहरु,युवाहरु र वडाका जनताहरू संग मिलेर वायु पदूषण बारेमा जनचेतना कार्यक्रम गरी सरसफाई र वृझारोपन गर्ने सरसफाई अभियानी आशुतोष झाले बताए।

