अमेरिकी संस्थामार्फत अनलाइन ठगी गरेको आरोपमा ६ जना पक्राउ

spot_img

जनकपुरधाम, वैशाख १० । धनुषामा अमेरिकी संस्थामार्फत अनलाइन ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका– १ बस्ने ४० वर्षीय संजिब भिनवार यादव, कमला नगरपालिका ३ बस्ने २५ वर्षीय रंजित नुनिया, जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय अंदेश महतो, वडा नं। १६ बस्ने ३३ वर्षीय पप्पु पुर्वे, वडा नं। १२ बस्ने ४८ वर्षीय उसवान साफी र २० वर्षीय मोहमद जिलानी साफी छन्।

 

इन्टरनेट ब्राउजरको प्रयोग गरी टलविन लाइफमा खाता खोल्न लगाएर उनीहरुले १ हजार ९१ जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४९ लाख ९ हजार ५ सय ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । उनले भने, ‘टलविन लाइफमा खाता खोल्न ३० अमेरीकी डलर लाग्छ । टलविनको खातामा पैसा लोड गर्न बाइनेन एपलिकेशनको मदतबाट नेपाली पैसालाई अमेरिकी डलर रुपान्तरण गरिन्छ ।’

टलविन लाइफको एकाउन्टको पैसा बाइनेन एप्लीकेशनको मदतले नेपालीमा रुपन्तरगरी बैँक खाता एवं विभिन्न अनलाइन वालेटमा हाल्ने गरेका थिए ।

प्रहरी उपरीक्षक खड्काका अनुसार ठगी गर्नेहरुले टलविन लाइफमा लगानी गर्दा ३ वर्षमा २ लाख १४ हजार रुपैयाँ पाउन सक्ने र यसका अलावा यसमा प्रत्यक्ष रुपमा सदस्य बनाएमा लगानीको ५० प्रतिशत अर्थात १५ डलर र आफुले बनाएको सदस्यले कसैलाई सदस्य बनाएमा त्यस वापत १ डलर पाउने भनी ठगी गरेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय