जनकपुरधामलाई ढकमक्क बनाउने गुलमोहर

spot_img

जनकपुरधाम, वैशाख ११ । जनकपुरधाममा यति खेर दायाँबायाँका सानाठुला रुखबाट झरेका फूलले सहरका धेरै सडकहरू रङ्गीन बनेको छ।

पिडारी चोक, जानकी चोक, गङ्गा सरोवर, धनुष सागर, भैरव चोक,भूतनाथ मन्दिर (जनकपुर मसान घाट), कदम चोक देखि मालपोत सम्म वरिपरिका सडकतिर झरेका प्याजी रातो फूलको आयु जति नै छोटो भए पनि तिनले दिएको सुन्दरता मोहक नै देखिन्छ । आखिर एक छिनमा त हतारिएका मोटरगाडीका पाङ्ग्रा र मान्छेका खुट्टाले तिनलाई मारिहाल्छन् । तर जति बाँच्छन्, सबैलाई खुसी बनाएरै बाँच्छन् ।

मानिसहरुको चहलपहलको बेला फूल फूलेर ढकमक्क बनेको छ जनकपुरधाम। विगतका बर्षहरु जस्तै यो बर्ष पनि ढकमक्क ‘गुलमोहर’का रुखमा फूल फूलेका छन् । सुन्दर जनकपुरधाम झन् सुन्दर बनेको छ।

हरेक वसन्त ऋतुमा जनकपुरधामको सौन्दर्यता थप्ने ‘गुलमोहर’ले यो वर्षको ढकमक्क बनाएको छ। मानिसहरुको घुइचो चहलपहल भएपनि गुलमोहर आफैंले आफूलाई गुलजार बनाइदिएको छ। स्थानीय धेरैको फेसबुक र टिकटकमा जनकपुरमा फूलेका गुलमोहर फूलको तस्वीर देख्न पनि पाइन्छ।

जनकपुरका केही ठाउँहरुमा गुलमोहरका रुखहरु छन्। फूल्ने समयमा ती ठाउँहरुमा मानिसको चहलपहल निकै छ ।सो स्थानमा बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड लाग्ने गरेको छ ।

गुलमोहरको उत्पत्तिस्थल र फैलावटको विषयमा बुझने हो भने गुलमोहर मडागास्करको सुख्खा पतझर वनको रैथाने वनस्पति हो तर यो वनस्पति विश्वव्यापी रूपमा उष्ण एवं उपोष्ण क्षेत्रहरूमा लगाइएको छ। गुलमोहर वनमा लोपोन्मुख अवस्थामा छ, तर यो अन्य ठाउँमा व्यापक रूपमा खेती गरिन्छ र हुर्काइएको धेरै ठाउँहरूमा प्राकृतिक मानिन्छ। यो संसारभर रोपिएको छ। नेपालमा, यो नेपालका तराई भावर, चूरे, भित्रीमधेश, उष्ण पहाडी क्षेत्र,शिवालिक, र दून उपत्यकामा ७ देखि ८ प्रजातिका १००० मिटर उचाइ सम्ममा पाउन सकिन्छ।

गुलमोहरको प्रयोग बुझौं भने यसको वनस्पतिको पात, फूल, बीज र बोक्रामा औषधीय रूपमा सक्रिय विभिन्न प्रकारका यौगिकहरू हुन्छन्, यद्यपि पातहरू सामान्यतया यी यौगिकहरूको सबैभन्दा प्रचुर स्रोत हुन्।

गुलमोहरको दशैँ–तिहारको बेलादेखि यसका पात झर्न थाल्छन् र फलहरू भने लामा–लामा चेप्टा कोसाका रूपमा रूखैमा पछिसम्म झुण्डी बस्दछन् । रूखैबाट टिपेको कोसामा राम्रो बीउ हुन्छ । कुनै गुलमोहरको बीउ सय वर्ष पनि बाँच्न सक्छ । वसन्तको आगमनसँगै वृक्षभरी पात झाङ्गिने र गर्मीयाममा निकै भरपर्दो छहारी दिने भएकोले रोप्ने चलन छ भने यो ज्यादै गुनिलो वनस्पति रुपमा चिनिन्छ।

गुलमोहर फुलेको तस्वीर 

spot_img

ताजा अपडेट

लोकप्रिय