मधेस प्रदेशमा ७० प्रतिशतभन्दा बढी पुस्तक वितरण

spot_img

जनकपुरधाम, बैशाख १२।

 

– मधेस प्रदेशमा यस वर्ष समयमै पुस्तक आइपुगेको छ। सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको बेला जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक वितरण गरेको हो।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड मधेस प्रदेश कार्यालयका अनुसार हालसम्म ७० प्रतिशतभन्दा बढी पुस्तक वितरण भइसकेको छ।

 

 

उनले यस शैक्षिक सत्रमा १६ लाखभन्दा बढी पुस्तक वितरणको लक्ष्य रहेको जानकारी बताए।

 

जनक शिक्षा समग्री केन्द्र मधेश प्रदेश कर्याालयका प्रमुख रुद्र खनालका अनुसार यस कार्यालय मातहतमा पर्ने जिल्लाहरूमा समयमै पुस्तक वितरण गरिएको जानकारी दिए।

 

उनका अनुसार मधेस प्रदेश कर्याालयले १६ लाख ३२ हजार पुस्तक वितरण गर्ने लक्ष्य लिएकोमा बैशाख ११ गतेसम्ममा १० लाख ८२ हजार २३४ पुस्तक वितरण भइसकेको छ।

 

सामग्री केन्द्रले विद्यालयहरुलाई नभई विभिन्न वितरकको माध्यमबाट पुस्तक वितरण गर्दै आएको छ। मधेस प्रदेश कार्यालयले ओखलढुंगा, खोटाङ, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर, सिन्धुली, सिरहा, सर्लाही, रौतहट र पर्सा जिल्लामा पुस्तक वितरण गर्दै आएको छ।

 

प्रमुख खनालका अनुसार पहिलो चरणअन्तर्गत चैत २६ गतेदेखि वैशाख ९ गतेसम्म र वैशाख १० गतेदेखि दोस्रो चरणमा पुस्तक वितरण सुरु गरिएको हो। प्रमुख खनालका अनुसार यस वर्ष पुस्तकमा कुनै समस्या छैन। पुस्तक राख्ने गोदाम सानो रहेकाले त्यसअनुसार नै पुस्तक आइरहेको र वितरण भइरहेको उनको भनाइ छ।

 

गत वर्ष अन्तर्राष्ट्रिय घटना, कागजको अभाव, व्यवस्थापन असफल देखिएकोमा पुस्तक छपाइ तथा वितरणमा समस्या भएपनि यस वर्ष सरकारको सहयोग व्यवस्थापकीय दक्षताका कारण सबैको हातहातमा पुस्तक गइसकेको उनले दावी गरे।

 

संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालयका प्राधानाध्यापक बलराम साहले गत वर्ष पुस्तक धेरै ढिलो गरेर आएको र केही विद्यार्थीले पुस्तक समेत पाउन नसकेकोमा यस वर्ष समयमै पुस्तक आउँदा खुसी व्यक्त गरे।

 

उनले सामुदायिक विद्यालयहरूमा समेत अंग्रेजी माध्यममा पढ्ने विद्यार्थी बढेकाले त्यस्ता पुस्तकको अभाव रहेको सुनेको बताए।

 

यस्तै, राम जानकी माध्यमिक विद्यालयका प्राधानाध्यापक लटु साहले गत वर्ष असार/साउन सम्ममा समेत पुस्तक नआएकोमा यस वर्ष समयमै पुस्तक आइसकेको बताए।

 

उनले समयमै पुस्तक आइसकेकाले वितरण कार्य समेत सुरु भएको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय