जनकपुरधाम, बैशाख १५ ।
सर्लाहीको मलंगवामा शुक्रबार बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् ।मलंगवा नगरपालिका–१० मा कोठा भाडामा लिएर बस्दै आएका ४० वर्षीय अहमद मन्सुरीको कोठामा खाना पकाउने आगलागी भएको हो ।कोठामा आगो सल्कँदा ९ महिनाको छोरीसहित अहमद र उनकी श्रीमती काजुल मन्सुरी जलेर घाइते भएको प्रहरीले जनाएका छन् ।
आगलागीको घटनालगत्तै पुगेको प्रहरी टालीले मन्सुरी परिवारलाई उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।आगलागीमा उनीहरुको शरीरको १५ प्रतिशत भाग जलेको हो ।

