जनकपुरधाम, असार २५ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको प्राचिन कपिलेश्वरनाथ महादेव मन्दिरमा आज साउनको पहिलो सोमबार भक्तजनहरुको भीड लागेको छ।


कपिलेश्वरनाथ महादेव मन्दिरमा रहेको शिवलिंग प्राचिलन कालिन रहेको छ भने त्यस शिवलिंगलाई भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो।
धनुषाको सदरमुकाम जनकपुरधाममा रहेको प्रसिद्ध कपिलेश्वरनाथ महादेव मन्दिर समेत ख्याती एवं ऐतिहासिकताको हिसाबले प्रसिद्ध मन्दिर हो ।

यस मन्दिरको धार्मिक महत्व तथा ऐतिहासिकता बारे त्यहाँका स्थानीय बासी मन्दिरका पूजारी लालबाबु साहले भनुभयो त्रेता यूगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कूनामा महादेव मन्दिरको स्थापना गरेका थिए । जसमध्ये कपिलेश्वर नाथ महादेव मन्दिरको स्थापना गरेका थिए । कपिलेश्वरनाथ महादेव मन्दिरमा हालसम्म १८ वटा महन्थ भई सकेका छन् ।


कपिलेश्वर नाथ महादेवको मन्दिर जनकपुर उपमहानगरपालिका वडा नम्बर १६ जनकपुर जयनगर रेल्वे लाइन भन्दा दक्षिणमा अवस्थित छ । गुम्बा जस्तै देखिने यो शिखर शैलीको मन्दिर रहेको छ ।
धार्मिक ग्रन्थहरुका अनुसार जनकवंशीय राजा शिरध्वजले जनकपुरको चारै दिशामा महादेवको स्थापना गरेका थिए । ती चार महादेवहरु मध्ये कपिलेश्वरनाथ पनि एक हो । कपिल मुनीको आश्रमको मुनी समेत यहीँ रहेको मान्यता छ । पहिले यो मन्दिरको निर्माण सिमरौनगढ शैलीमा गरिएको थियो । पछि ती संरचना बि:सं ! १९९० सालको भूकम्पमा ध्वस्त भएका थिए । सोही स्थानमा विष्णुगिरी नामका एक काँवरिया पुगेका थिए । उनले नै भत्केको मन्दिर तोडाउन लगाएर नयाँ मन्दिर निर्माण गर्ने बताएका थिए । पछि उनी फर्केर आएका थिएनन् ।
मन्दिर तोडेपछि स्थानीय यज्ञप्रसादको भूमिकामा पुरातत्व विभागबाट बि।सं। २०३९ सालमा आर्थिक सहयोग गरेपछि नयाँ मन्दिरको निर्माण भएको थियो । स्थानीयवासीहरुको सक्रियतामा मन्दिरमा शिवलंग पुनस्थापना गरिएको थियो भने वर्तमान मन्दिरको निर्माण गरिएको थियो ।
मन्दिर परिसरको चारैतिर स–साना मन्दिरहरु बनाएर त्यसमा भगवानका प्रतिमाहरु स्थापित गरिएका छन । मन्दिरको उत्तर पूर्वमा संतोषी माँ, पूर्व दक्षिणमा गणेश भगवान, दक्षिण पश्चिममा राम जानमी, पश्चिममा शिव पार्वती र पश्चिम उत्तरमा हनुमानजीको प्रतिमा र दक्षिणमा काल भैरव स्थापना गरिएको छ ।
मन्दिर परिसर ५ कठामा फैलिएको छ । यो मन्दिर गुठी अधिनस्थ रहेको छ । मन्दिरमा साउनमा महिनामा तथा शिवरात्रीका दिन ठूलै मेला लाग्ने गर्छ । यहाँ दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गर्छ ।

