spot_img

बीरगन्ज नगवामा वृद्धाश्रम उद्घाटन

spot_img
spot_img

बीरगन्ज,३० जेठ । बीरगन्ज  महानगरपालिका–१६ नगवामा निर्माणाधीन अवस्थामा रहेको वृद्धाश्रमको औपचारिक उद्घाटन गरिएको छ। बृद्ध आमाबुबाको सेवा तथा सामाजिक आवश्यकतालाई मध्यनजर गर्दै आश्रम सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ।

कार्यक्रममा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री तथा पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले आधुनिक जीवनशैलीका कारण परिवारभित्र बृद्ध आमाबुबाको हेरचाहमा कमी आउँदै गएको उल्लेख गर्दै वृद्धाश्रमहरूको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको बताए।

पूर्वमुख्यमन्त्री राउतले आफू मुख्यमन्त्री हुँदा बीरगन्ज , जनकपुर र राजविराजमा वृद्धाश्रम स्थापना गर्ने योजना रहेको स्मरण गर्दै केही कारणले सो योजना पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताए। उनले आगामी दिनमा वृद्धाश्रमको विकास र व्यवस्थापनमा सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता समेत जनाए।

कार्यक्रममा वडा नम्बर १६ का वडा अध्यक्ष पर्शुराम चौरसियाले आश्रमको भौतिक संरचना तथा आवश्यक व्यवस्थापनका लागि पहल गर्ने बताए। वडा कार्यालयबाट निरन्तर सहयोग रहने उनको प्रतिबद्धता थियो।त्यस्तै, वृद्धाश्रमका अध्यक्ष नन्दलाल राउत अहिरले आश्रम सञ्चालनका लागि आर्थिक तथा भौतिक सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा बीरगन्ज महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष हिराकाजी महर्जन, विश्रामपुर गाउँपालिका–२ का अध्यक्ष मनोज यादव, स्थानीय समाजसेवी, सञ्चारकर्मी तथा आश्रममा आश्रित वृद्ध आमाबुबाको समेत उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय