शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

खोलाले बगाउँदा एक युवकको मृत्यु

सिफारिस

जनकपुरधाम,साउन २३ । धनुषाको मिथिला नगरपालिकामा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ । मिथिला नगरपालिका–२,आनन्दपुरका १७ वर्षीय अजय यादवको मङ्गलबार ११ बजे बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -

घर नजिकै रहेको बसही खोला तर्ने क्रममा अचानक आएको बाढीले बगाउँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले बताए ।

स्थानीयको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पु¥याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिए । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -