जनकपुरधाम,साउन २६ ।

जनकपुरधाममा उद्यमी भेला सम्पन्न भएको छ। फ्याक्ट रिसर्च एण्ड अनाल्यटिक्स इन्टललिजेन्स फोर इन्फर्मेड चोइस द्वारा आज जनकपुरधाममा आयोजित (NYEF) नेपाल युवा उद्यमी फोरम, नबिल बैंक र जनकपुर च्याप्टरको सह-प्रस्तुतिमा सँगै नव मिथिला फाउन्डेसन र रोबोटिच नेपालको प्रमुख प्रायोजनमा जनकपुरमा उद्यमी भेला सम्पन्न गरिएको छ ।

(सामाजिक परिवर्तनमा मिथिला चित्रकला महत्त्वपूर्ण – श्रीमती मनिषा साह )
यस जनकपुर उद्यमी भेलामा वक्ताका रुपमा रहनु भएको सर्लाही हरिपुर्वाकी श्रीमती मनिषा साहले कार्यक्रमालाई सम्बोधन गर्दै वक्ताको रूपमा भई जीवनमा आफूले गरेको परिश्रम र अगाडि बढ्न विभिन्न बाधा-अवरोधहरू सँगै मनका भावनहरु पोखेकी छिन् । उनले भनिन् मैले आफ्नो चित्रमार्फत बाट सधैं सामाजिक सञ्जालमा महिलाहरुले भोग्नुपरेको उत्पीडनलाई चित्रित गरेकी छु र समाजलाई देखाउँदा आएकी छु। बाल्यकाल देखि चित्र कोर्न थालेकी मनिषाले विद्यालयमा अध्ययनरत रहँदादेखि नै उनलाई चित्रकला औधी मन पर्दथ्यो ।

विद्यालयमा विभिन्न चित्र कम्पिटिसनमा सहभागी भई उनको आकर्षण रङ्गहरु प्रति झन बढ्दै गयो । उनले अन्य विषय भन्दा पनि चित्रकलामै रमाउने गर्थिन् । त्यस पश्चात उनी युवा अवस्था पुगे पछि धेरैजसो महिला र महिला हिंसासँग सम्वन्धित चित्र बनाउँछिन् । ‘सामाजिक सञ्जालका कारण बढ्दै गएको महिला हिंसा, बलात्कारजस्ता घटना निस्तेज पार्न र सामाजिक सञ्जालमा बढेको विकृति कम गर्नलाई मैले कला क्षेत्र (आर्ट) लाई रोजेकी हुँ,’ उनी भन्छिन् ।

उनका बुबा पुरुषोत्तम साहले मनिषालाई डाक्टर बनाउन चाहन्थे । त्यसैअनुसार विज्ञान पढ्नका लागि जनकपुरको मीट क्याम्पसमा भर्ना गरिदिएका थिए । तर १२ कक्षापछि भने उनले बाटो मोडिन् फाइन आर्ट्स (मिथिला चित्रकला) तर्फ अगाडि पाईला बढाईन।
ललितकला क्याम्पसमा फाइन आर्ट पढाई सकेपछि मनिषा साहले सामाजिक रुपान्तरणका लागि मिथिला कलालाई आधुनिक ढंगले प्रस्तुत गर्नुपर्ने बताइन्।
चित्रमार्फत चेतना जगाउन लागिपरेकी उनी कला सोखमात्र नभएर समाजिक रुपान्तरणको माध्यम बनोस भन्ने चाहन्छिन्।‘अव मिथिलाको जीवनशैली मात्र हैन, त्यहाँका नारीले भोगेका दुःख र पीडा पनि कलामार्फत व्यक्त गर्ने समय हो,’ उनले भनिन्, ‘त्यही कामलाई नयाँ ढंगले पस्कने प्रयास नै ‘मोर्डन मिथिला’ हो ।
शुरुका दिन अत्यन्तै पीडादायी रहेको बताउँदै उनी भन्छिन् ‘शुरुका चरणमा कैयौं पटक अपमानित समेत महशुष गरें, तर मैले हिम्मत हारिन र अहिले चित्रकार मनिषा साह भनेर चिनाउन पाउँदा अत्यन्तै गर्व अनुभूति गर्छु।मिथिला चित्रकलाको माग विश्वभरि नै रहेकोले यसको व्यवसायीकरण आवश्यक रहेको उनको भनाई रहेको छ । गाउँघरका महिलाहरुमा अद्भूत कला रहेपनि उक्त कला अझैं बाहिर आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनी भन्छिन् ‘मिथिला चित्रकलालाई गाउँघर र चाडपर्व एवम् विशेष समारोहमा मात्र सिमित नराखी बजारीकरण आवश्यक छ, यसको बजारीकरण एवम् व्यवसायीकरण आवश्यक छ, चित्रकला जिविकोपार्जननको माध्यम बन्नुपर्दछ तर हालको अवस्थामा मिथिला चित्रकलाले अहिले पनि व्यवसायिकता पाउन सकेको छैन । अहिले पनि चित्रकला लाई सेकेण्ड प्यारेटीमा राख्छन फर्स्ट प्यारेटीमा राख्दैन त्यसैले चित्रकारको आर्थिक अवस्था राम्रो हुने कुरै भएन र हाम्रो मधेशका सरकारले पनि त्यति रुचि न देखाएको मनको पीडा पोखेकीछिन्। तर मनिषा पैसाभन्दा पनि समाजको रुपान्तरण होस् भन्नका लागि चित्रकला अँगालेको बताउँछिन् ।
‘पैसाका लागि मात्रै होइन, समाज रुपान्तरणका लागि पनि मिथिला चित्रकलाको क्षेत्रमा काम गर्न चाहन्छु’ उनी भन्छिन्, ‘समाजमा जनचेतना जगाउनका लागि मिथिला चित्रकलालाई निरन्तरता दिन्छु ।’
ललितकला क्याम्पसमा १ सय २० जना विद्यार्थीमध्ये मनिषा एक्ली छात्रा हुन् जो मिथिला चित्रकला पढेकी छिन् । मनिषा भन्छिन्, ‘आफ्नो कला संस्कृतिप्रतिको मोह देखेर साथीहरुले हौसला बढाउने गरेका छन् ।’
मिथिला चित्रकलालाई आधुनिकता दिँदै सामाजिक परिवर्तनका लागि आगामी दिनमा पनि काम गर्दै आउने छु भनेकी छिन्।

