जनकपुरधाम, साउन २६ ।
जनकपुरमा उद्यमी भेला सम्पन्न भएको छ ।फ्याक्ट रिसर्च एण्ड अनाल्यटिक्स इन्टललिजेन्स फोर इन्फर्मेड चोइस द्वार आज जनकपुरधाममा आयोजित (NYEF) नेपाल युवा उद्यमी फोरम, नबिल बैंक र जनकपुर च्याप्टरको सह-प्रस्तुतिमा सँगै नव मिथिला फाउन्डेसन र रोबोटिच नेपालको प्रमुख प्रायोजनमा जनकपुरमा उद्यमी भेला सम्पन्न गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित कुमारले भने हामी जनकपुरधाममा जनकपुर उद्यमी भेला गर्नुको उदेश्य व्यवसाय विकास गर्ने, नयाँ आवस्थाहरूमा सम्बन्धित उद्योगको सहयोग गर्दै, रोजगार पर्याप्त संख्यामा प्रदान गर्ने, उत्पादन वृद्धि गर्दै, सामाजिक और आर्थिक विकासमा सहयोग पनि प्रदान गर्ने हो। हालको अवस्थामा उद्यमी भेला महत्वपूर्ण छ, किनकि उद्यमशीलता व्यक्तिको सोच, नीति, रिस्क लेने क्षमता, रणनीति बनाउने क्षमता, र नवाज्ञानको सामर्थ्यलाई प्रकट गर्दछ। उद्यमीले नयाँ विचार, नयाँ उत्पादन तथा सेवाहरूको निर्माण गर्न सहयोग पनि प्रदान गर्दछ, जसले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ यही सँगै उद्यमी युवा समाजमा महत्त्वपूर्ण भूमिका खेल्दछन्। उनीहरूले नयाँ विचार, नवानुकूल प्रक्रियाहरू, रोजगार निर्माण गर्ने संभावनाहरू, र आर्थिक विकासमा योगदान गर्दछन्। उद्यमी युवा आफ्नो सपनाहरू अनुसरण गर्न, अवसरहरूको खोजमा जान र निरन्तर प्रयास गर्दै आफ्नो व्यवसाय वा परियोजना संचालन गर्न सक्छ। यसैले उनीहरूले आफ्नो व्यक्तिगत र आर्थिक स्वतन्त्रता पनि प्राप्त गर्न सक्छ।
यस जनकपुर उद्यमी भेलामा वक्ताहरू माननीय सांसद मनिष झा,जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ,मिथिला थालीका संस्थापक शेफ सन्तोष शाह,राजीव धर जोशी सह-संस्थापक/निर्देशक, कथले इन्,डा. विशाल ढकाल संस्थापक, हेल्थ इटि होम,श्रीमती मनिषा शाह मोर्डन मिथिला कलाकार,आशिष ठाकुर कार्यकारी निर्देशक, GLOCAL PVT LTD ,डा. सोनु कुमार अध्यक्ष, एफ-जनकपुर च्याप्टर एमडी, मोनास्टिक स्कूल रहेका छन।

वक्ताको रूपमा रहनु भएको माननीय सांसद मनिष झाले आफ्नो विचार सँगै जीवनमा गरेको विभिन्न संग्रशाको गाथाहरु बताए । माननीय सांसद झाले भने जनकपुरको बाह्रबिघा मैदानस्थित जानकी माध्यमिक विद्यालयबाट एसएलसी र रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट आइकम गरेर ब्याचलर पढ्न काठमाडौं आएँ । त्यसबेला त्यहाँ बिबिएस मात्र पढाइ हुन्थ्यो, म बिबिए पढ्न चाहन्थें, अनि काठमाडाँ आएँ । घरबाट पठाइएको पैसा अपुग भएकाले यहाँबाट लेख लेखेर म ‘जनकपुर टुडे’ र ‘जनकपुर एक्सप्रेस’ मा पठाउँथेँ । बिबिए सकेपछि थम्सन नेपालमा काम गर्न थालेँ । पढाइ जारी राखें, तीन विषयमा मास्टर्स गरेँ । अमेरिका, जर्मनी र जापानमा गएर तालिम पनि लिएँ ।सन् २००९ देखि २०१२ सम्म ‘कमन ग्रान्ड एप्रोच’ अन्तर्गत सबै दलका युवाका सहभागितामा कार्यक्रम संयोजकका रूपमा काम गर्ने अवसर मिल्यो । त्यसबेला नै मैले नेपालको राजनीतिक भविष्य कतातिर जाँदैछ भनेर हेर्न र बुझ मैले सोचें कि अब यसरी चल्दैन । भरपर्दो दखिन त्यसपछि आफूलाई राजनीतिकर्मीका रूपमा तयार गर्ने क्रम सुरु गरेँ । एउटा इन्टरप्राइजेज बनाएर राजनीतिकर्मीका रूपमा अघि बढ्दा त्यसले सहयोग गर्छ भन्ने सोच भयो । सबैलाई चिनाउन टेलिभिजनमा काम गरें । आफूसँग धारणा र अभिमत छ भन्ने लागेर पत्रपत्रिकामा लेख्न र धेरैसँग चिनजान बढाउन कलेज पढाउन थालेँ । अनुसन्धानका लागि १० वर्ष लगाएर ‘फ्याक्ट रिसर्च एन्ड एनालाइटिक्स’ संस्था स्थापना गरेँ । त्यो अहिले यहाँ पुग्नका लागि बनाएको बाटो हो । एउटा राजनीतिकर्मीलाई भोलि गएर सघाउ पुयाउने व्यवसाय के होला भनेर संस्था बनाइएको हो । यसको म संस्थापक र कार्यकारी छु । अब सांसद भएर मधेशको मुदहरु माथि काम गर्दै आइरहेको छु ।यही सँगै सांसद झाले भने अहिले समाजमा शिक्षा निकै महत्वपूर्ण रहेको छ कारण यसले मानवीय विकास र समृद्धि गर्दछ। शिक्षामा लिएका ज्ञान, कौशल र अभिरुचिहरूले व्यक्तिहरूलाई समाजमा सक्रिय भागिदार बनाउँछ र उनीहरूको स्वयंसेवा र पेशेवर क्षमता प्रवृत्ति गर्दछ। यसकै साथै, शिक्षित व्यक्तिहरू समाजमा सुरक्षित, समृद्ध र सशक्त भविष्यका लागि आवश्यक निर्माण गर्दछ।युवा जनसकती महत्वपूर्ण हो चौं, किनकि यो एक देशको भविष्यको निर्माणमा महत्वपूर्ण भूमिका खेल्दछ भने यही सँगै युवा जनसकतीले नयाँ विचार, प्रेरणा, र उत्कृष्टतालाई प्रवर्धन गर्दछ, जसले समाज र संगठनहरूमा सकारात्मक परिवर्तन गर्न सहयोग पनि गर्दछ।

अर्को वक्ताको रूपमा रहनु भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भने हालको अवस्तमा उद्योगले अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दछ, किनकि यसले रोजगार सिर्जना, आर्थिक विकास, विकासका लागि आवश्यक सामग्रीहरूको उत्पादन, नवानुपातिकता र विज्ञान प्रयोग गर्दछ। उद्योगले एक देशको आर्थिक वृद्धि, उत्पादन बढोतरी, नगरीकरण, विज्ञानिक अनुसंधान र तकनीकी विकासमा महत्वपूर्ण योगदान प्रदान गर्दछ भने नयाँ पुस्तकहरूको लागि उद्योगमा महत्वपूर्ण कारणहरू छन्। उद्योगले पुस्तक प्रकाशन, प्रमोटन, वितरण, र संचयनका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दछ। यसले लेखकहरूलाई आवश्यक आवासन, समर्थन र प्रोत्साहन प्रदान गर्दछ जसले उनीहरूको कामका लागि उत्कृष्टता प्राप्त गर्न मद्दत गर्दछ। उद्योगको सहयोगमा, नयाँ रचनात्मक पुस्तकहरूले सामाजिक, सांस्कृतिक, राजनीतिक र विज्ञान प्रगतिका क्षेत्रमा प्रभाव पार्छन्।

अर्को वक्ताको रूपमा रहनु भएको मिथिला थालीका संस्थापक शेफ सन्तोष शाहले आफ्नो जीवनका कष्ट पूर्ण संग्रसको गाथाहरु युवाहरु माझमा साझेदारी गरे।
शेफ शाहले भने आफ्नो जन्मथलो जनकपुरधामको परिवेशबारे बेलायती साथीलाई साक्षात्कार गराउनु साहको उद्देश्य थियो ।
मिथिला थाली’बाटै बीबीसीको ‘मास्टर सेफ’ विजेता बन्नुभएका साहको उद्देश्य मिथिलाञ्चलको ऐतिहासिक राजधानीको सांस्कृतिक एवं ऐतिहासिक गौरवसँग जोडिएका विविध पक्षबारे साथीहरूलाई दिनुका साथै स्थानीय परिकारको स्वाद चखाउनु पनि थियो । सन् १९९९ मा भारत प्रवेश गरेदेखि बेलायतमा रहँदासम्म विभिन्न जातजातिका मौलिक नेपाली परिकार बनाउन सिक्नुभएका साहले मिथिला परिकार सिक्न थालेको भने पाँच वर्षमात्रै भएको सुनाउनुभयो । “१४ वर्ष इन्डियामा काम गरँे । त्यसपछिका १३ वर्ष लन्डनमा बिताए । म भारतीय खानको सेफ भए पनि यसबीच थकाली, नेवारी, थारूदेखि धेरै नेपाली खानाका परिकारबारे पढेँ र जान्ने मौका पाएँ”, उहाँले भन्नुभयो ।
जीविका चलाउनका लागि अनेकन परिवार बनाए पनि बीबीसीबाट प्रसारित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा उपविजेता भने ‘मिथिला थाली’ले नै बनाएको उहाँको भनाइ छ । “त्यसैले यो संस्कृति जोगाउने दायित्व मेरो पनि हो भन्ने म ठान्छु, सोही आधारमा म अगाडि बढेको हुँ ।”
उहाँ उपविजेता बनेपछि विश्वमा मैथिली परिकारबारे चर्चा भए पनि नेपालमा भने मिथिला क्षेत्रका मौलिक परिकार लोपोन्मुख अवस्थामा भएको उहाँको अनुभव छ । नयाँ पुस्ताले मिथिलाका परिकारको स्वाद लिन नपाउनेमात्रै होइन, तिनको अस्तित्व नै हराउने डरले पनि मिथिला थाली खोल्न उद्वेलित गरेको साहको भनाइ छ ।भारतमा नौ सय भारु तलबबाट जागिरे जीवन सुरु गर्नुभएका साहसँग यतिबेला नाम र दाम दुवै छ । उहाँलाई नामले मात्रै लाखौँ कमाउने अवसर छ । तर उहाँ त्यतिमै मात्र सीमित हुन चाहनुहुन्न ।
“जागिरबाट कर्जन्हाबाट वैदेशिक रोजगारीमा जाने युवाले के पाउँछन् ? पाँच वर्षको उमेरमा बुवा गुमाएर सात सन्तान हुर्काउन एकल आमाले के पाउँछन् ?”, उहाँले भन्नुभयो, “मलाई यी प्रश्नले घोच्यो र उत्तरका रुपमा मिथिला थाली जन्मियो ।”
साहसँग पाँच वर्षभित्र नेपाल र विश्वका विभिन्न एक सय स्थानमा मिथिला थाली पु¥याउने लक्ष्य छ । उहाँको यो लक्ष्यमा हिमालयन ग्लोबल इन्भेस्टमेन्ट कम्पनी जोडिएको छ ।
“यो व्यापारमात्रै होइन, अभियान पनि हो । यसको सफलतासँगै प्रत्यक्षरूपमा तीनदेखि चार सयले रोजगारी पाउँछन्”, उहाँले भन्नुभयो, “ती रेस्टुराँमा एकल महिलाले काम गर्नेछन् । उत्पादनसँग जोडिने भएपछि सयाँै गृहिणी तथा किसान पनि लाभान्वित हुनेछन् ।” प्रत्येक मिथिला थालीमा रु एकदेखि तीनसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरूमा खर्च गरिने उहाँको भनाइ छ ।
गत असार ६ गते आमाको हातबाट उद्घाटन गरिएको मिथिला थालीमा करिब रु दुई करोड लगानी भएको छ । त्यसयता थालीप्रतिको मानिसहरुको आकर्षणले साहलाई थप हौसला मिलेको छ । साथै उहाँको पञ्चवर्षीय योजना सफल हुनेमा विश्वास बढेको छ ।
सिरहाको कर्जन्हा नगरपालिका–९ सूर्यानी टोलमा जन्मनुभएका साहले पाँच वर्षको उमेरमा बुवा गुमाउनुभयो । त्यसपछि आमा एक्लैले आफूसहित सात सन्तान हुर्काउँदाको सङ्घर्ष साहले नजिकबाट बुझ्नुभएको छ । एकल महिलाका रुपमा आमाले खानेकुराको जोहो र चुल्होमा खाना पकाउन गरेको मेहनत साहले अनुभव गर्नुभएको छ । त्यही सङ्घर्षले खारिएकै कारणले आफू यहाँसम्म आइपुगेको उहाँको भनाइ छ ।“सानैदेखि स्थानीय अन्नका परिकारसँग निकट हुन पुगेँ । जीविका चलाउन आमासँगै हटियामा पाउरोटी बेच्ने सङ्घर्षसँगै आज खाए भोलि पुग्ला कि नपुग्ला भन्ने अवस्थाले नि धेरै कुरा सिकायो”, उहाँले भन्नुभयो, “पारिवारिक अवस्था, स्थानीय परिवेश, कला, संस्कृतिको प्रभाव ममाथि पर्यों ।”
अभावै अभावका बीच कक्षा १० सम्म पुगेपनि साहले फलामे ढोका एसएलसी भने पास गर्न सक्नुभएन । त्यसपछि अध्ययन छाडी १५ वर्षको उमेरै उहाँ कर्जन्हाबाट भारत जानुभएको थियो ।
“एसएलसीमा अनुत्तीर्ण भएँ । अर्को परीक्षा कुर्नुभन्दा पैसा कमाउनुपर्छ भन्ने लागेपछि गाउँकै केही साथीहरुसँग भारत गएँ”, उहाँले भन्नुभयो, “अरु सीप नभएपछि रेष्टुराँमा भाँडा माझ्न सुरु गरेँ ।”
एसएलसी पास गर्न नसके पनि कामबाटै धेरै कुरा सिक्ने मौका पाएँ । होटलमा काम गर्दै गर्दा होटल म्यानेजमेन्ट कोर्ष पनि पढेँ । त्यही कोर्षले जागिरे जीवनको कोर्ष नै बदल्न सहयोग गर्यो । पछि कुक हुँदै सात वर्षमा पाचँतारे होटलको ‘एक्ज्युकेटिभ सेफ’ पनि भएँ ।”
साह एसएलसीमा अङ्ग्रेजी विषयमा फेल हुनुभएको थियो । त्यतिबेला त्यसो नभएको भए सायद साहको जीवनको बाटो नै अर्को हुन्थ्यो होला । भनिन्छ, कोसिस गर्नेहरूको हार कहिल्यै हुँदैन । साहले पनि त्यही गर्नुभयो जसले आजको ठाउँमा पु¥यायो ।
“सङ्घर्ष नै सफलताको आधार हो । मेरो सङ्घर्षले आज सफलताको नजिक पु¥याएको छ । अब मबाट अरु कति खुसी हुन्छन् भन्ने कुराले सफलताको मापन हुनेछ । म जुन विषयमा अनुत्तीर्ण भएर गाउँ छाड्न बाध्य भएको थिएँ, संयोग नै मान्नुपर्छ आज त्यही कक्षा, त्यही विषयको पाठ्यक्रममा मेरो बारेमा पढाइ हुन थालेको छ”, उहाँले भन्नुभयो ।आम युवालाई उहाँको सुझाव छ– एउटा बाटो छेकिँदैमा जीवनको गति रोक्नु हुँदैन । अर्को बाटो निर्माण गर्न लाग्नुपर्छ, एक दिन अवश्य सफल भइन्छ भनेका छन्।

यस जनकपुर उद्यमी भेलामा अर्को वक्ताका रुपमा रहनु भएको सर्लाही हरिपुर्वाकी श्रीमती मनिषा साहले जीवनमा परिश्रम र अगाडि बढ्न विभिन्न बाधा-अवरोधहरू सँगै मनका भावनहरु पोखेकी छिन् । उनले भनिन् मैले आफ्नो चित्रमार्फत बाट सामाजिक सञ्जालमा महिलाहरुले भोग्नुपरेको उत्पीडनलाई चित्रित गरेकी छु । ‘सामाजिक सञ्जालका कारण बढ्दै गएको महिला हिंसा, बलात्कारजस्ता घटना निस्तेज पार्न र सामाजिक सञ्जालमा बढेको विकृति कम गर्नलाई मैले कला क्षेत्र (आर्ट) लाई रोजेकी हुँ,’ उनी भन्छिन् ।
हालको अवस्थामा मिथिला चित्रकलाले अहिले पनि व्यवसायिकता पाउन सकेको छैन । अहिले पनि चित्रकला लाई सेकेण्ड प्यारेटीमा राख्छन फर्स्ट प्यारेटीमा राख्दैन त्यसैले चित्रकारको आर्थिक अवस्था राम्रो हुने कुरै भएन र हाम्रो मधेशका सरकारले पनि त्यति रुचि न देखाएको मनको पीडा पोखेकीछिन्। तर मनिषा पैसाभन्दा पनि समाजको रुपान्तरण होस् भन्नका लागि चित्रकला अँगालेको बताउँछिन् ।
‘पैसाका लागि मात्रै होइन, समाज रुपान्तरणका लागि पनि मिथिला चित्रकलाको क्षेत्रमा काम गर्न चाहन्छु’ उनी भन्छिन्, ‘समाजमा जनचेतना जगाउनका लागि मिथिला चित्रकलालाई निरन्तरता दिन्छु ।’
ललितकला क्याम्पसमा १ सय २० जना विद्यार्थीमध्ये मनिषा एक्ली छात्रा हुन् जो मिथिला चित्रकला पढेकी छिन् । मनिषा भन्छिन्, ‘आफ्नो कला संस्कृतिप्रतिको मोह देखेर साथीहरुले हौसला बढाउने गरेका छन् ।’मिथिला चित्रकलालाई आधुनिकता दिँदै सामाजिक परिवर्तनका लागि आगामी दिनमा पनि काम गर्दै आउने छु भनेकी छिन्।
उत कार्यक्रममा नव मिथिला फाउन्डेसनका सदस्य हर्षित झा लगायत अरु सदस्यहरूले कार्यक्रमलाई सफल गर्न विगत एक हाफत देखि काम गर्दै आएका छन्।
यही सँगै कार्यक्रममा भिन्न वक्ताहरुले जीवनमा संघर्ष गाथाहरु समाज परिवर्तन आफ्नो उदेशहरु सबै माझमा प्रस्तुत गरेका छन्।

