Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन...

काठमाडौं,२७ मंसिर – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...

रौतहट–१ मा रञ्जित पटेलको...

रौतहट, २६ मंसिर – रौतहट निर्वाचन क्षेत्र नं. १ यमुनामाई गाउँपालिका–१ जेठरहिया निवासी...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
16.1 C
Birgunj
spot_img

भारतबाट एक महिनामै ४ अर्ब २६ करोडको धान–चामल आयात

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज ०७ भदौं । भारतबाट गत साउन महिनामा मात्रै ४ अर्ब २६ करोड रूपैयाँ बराबरको ९ करोड ५४ लाख किलो धान–चामल आयात भएको छ । पोहोर सालको साउनमा भने एक अर्ब ६७ करोड रूपैयाँ बराबरको ३ करोड १५ लाख किलो धान–चामल आयात भएको थियो।

भारतले गत साउनदेखि नै चामल निर्यातमा रोक लगाएपनि धान कुटेर चामल प्रशोधनका लागि यसको आयात बढेको छ। त्यस्तै भारतले रोक नलगाएको बासमती चामल र नफलेको चामलको आयात बढेको हो।

खाद्य उद्योगी कुमुद दुगडका अनुसार पहिले आउने प्रकारको चामल रोकिए पनि धान र बासमती चामलको आयात बढेको हो।
’चामल आयात घटेको हो, उसले रोकेको चामलमै हो। त्यसैले धानको आयात बढेको छ। यसले हामीलाई खास समस्या भएको छैन,’ दुगडले भने।

भारत सरकारले नेपालका लागि ६ लाख मेट्रिकटन धानको कोटा तोकेको छ। यो साउनमै सबै कोटाको धान आयात भइसकेको छ। त्यसैले अब कूटनीतिक प्रयासबाट थप धान आयात गर्नुपर्ने दुगडले बताए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धान र चामल आयातका लागि भारतसँग कूटनीतिक पत्र लेखिसकेको छ।’अहिले कुनै समस्या छैन। तर अब धान आयात भएन भने चाहिँ दसैंतिहारमा समस्या पर्न सक्छ,’ दुगडले भने।

यस्तै गत साउन महिनामा भारतबाट १ अर्ब ५८ करोड ७६ लाख रूपैयाँको ३ करोड ९७ लाख किलो गहुँ आयात भएको छ ।
गत आर्थिक वर्षको साउनमा एक किलो पनि गहुँ आयात भएको थिएन। भारतले गहुँ निर्यातमा कडाइ र भन्सार वृद्धि गरेकाले नेपाली उद्योगहरू समस्यामा परेका थिए।

यस वर्ष भने एकै महिनामै १ अर्ब ५८ करोड ७६ लाख रूपैयाँको ३ करोड ९७ लाख किलो गहुँ आयात भएको हो । व्यवसायीहरूका अनुसार अहिले गहुँ आयातमा कुनै समस्या भएको छैन।

त्यस्तै मकै र जौको आयात घटेको छ भने कोदो र फापरको बढेको छ। गत वर्ष साउनमा एक अर्ब ११ करोड रूपैयाँको मकै आयात भएको थियो। अहिले एक अर्ब ४ करोड रूपैयाँको भएको छ।

त्यस्तै गत वर्ष साउनमा चार करोड ४८ लाख रूपैयाँको कोदो र फापर आयात भएकामा यो वर्ष बढेर नौ करोड ६२ लाख रूपैयाँको पुगेको छ।

ताजा समाचार

थप समाचार