मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

टिकटक प्रतिबन्धमा कडाई गर्न प्राधिकरणद्वारा समिति गठन, ७ दिनभित्र रिपोर्ट पेश गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्धमा कडाई गर्न प्राविधिक समिति गठन गरेको छ ।

- Advertisement -

प्राधिकरणले सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति गठन गरेको हो । समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान)का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेका छन् ।

समितिले ७ दिनभित्र अनुसन्धानको रिपोर्ट पेश गर्नेछ ।

- Advertisement -

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिए पनि कतिपयले वास्ता नगरेपछि कारबाही गर्ने चेतावनी दिएको छ । साथै टिकटक कम्पनीलाई पनि पत्र लेखिसकेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -