spot_img

कांग्रेस सभापति देउवालाई नेपालगञ्जमा भब्य स्वागत

spot_img
spot_img

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालगञ्ज पुगेका छन्। स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गर्न पूर्वप्रधानमन्त्री रहेका देउवा आज बिहान नेपालगञ्जग पुग्दा उनलाई विमानस्थलमा नेता तथा कार्यकर्ताले भब्य स्वागत गरिएका थिए ।

सभापति देउवासँगै कांग्रेस सह–महामन्त्री महालक्षी उपाध्याय, केन्द्रिय सदस्य दीपक गिरी, कृष्ण किशोर घिमिरे र गोविन्दबहादुर शाह तथा स्वर्गीय नेता खड्काका पुत्र एवम प्रदेश सांसद अनुराग खड्का पनि नेपालगञ्ज आएका छन्।

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा, प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु, लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमाल, नेपाली कांंग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, उपसभापति कृष्ण कार्की लगायत पार्टीका महासमिति, महाधिवेशन प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता लगायतले सभापति देउवालाई स्वागत गरेका थिए।

सभापति देउवा नेपालगञ्ज विमानस्थलबाट सिधै दाङको अमिलिया प्रस्थान गरेका छन्। दाङको अमिलिया चोकमा निर्मित स्वर्गीय खड्काको शालिक निर्माण गरिएको छ। सभापति देउवा दाङको कार्यक्रम सकेर शुक्रबार बेलुका काठमाडौ फर्किने कार्यक्रम रहेको उनका स्वकिय सचिव भानु देउवाले जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय