आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१५ वैशाख, काठमाडौं । धेरै पटक हामी इन्टरनेट ढिलो भएको पाउछौं । इन्टरनेट सुस्त हुनुमा धेरै कारणहरू छन् । कहिले लोकल टावरका कारण कनेक्टिभिटी नहुँदा त कहिले फोन वा लोकल केबलमा गडबडीका कारण ढिलो इन्टरनेटको सामना गर्नुपर्ने हुन्छ ।

- Advertisement -

पछिल्ला केही दिनदेखि धेरैले इन्टरनेट ढिलो भएको गुनासो गरिरहेका छन् र यो समस्या भविष्यमा पनि रहिरहने सम्भावना छ । समुन्द्र मुनि बिछ्याइएको फाइबर अप्टिकल केबलमा अवोर्ध भएको समाचार आएको छ ।

समुन्द्र मुनि धेरै ठाउँमा फाइबर अप्टिकल केबल बिग्रिएकाले नेपालसहित भारत, पाकिस्तान, सिङ्गापुर लगायत एसियाका धेरै देशहरुमा सुस्त इन्टरनेटको समस्या हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । युरोपेली देशहरू पनि यसबाट प्रभावित हुन सक्छन् ।

- Advertisement -

प्राप्त जानकारी अनुसार सिङ्गापुरलाई पाकिस्तान र युरोप जोड्ने फाइबर अप्टिक केबल इन्डोनेसिया नजिकका धेरै क्षेत्रमा बिग्रिएर दक्षिणपूर्वी एसिया, मध्यपूर्व र युरोपका इन्टरनेट सेवा प्रभावित भएको छ । यी तार मर्मत गर्न महिनौं लाग्ने बताइएको छ ।

यस क्षतिका कारण पाकिस्तान टेलिकम कर्पोरेशन लिमिटेड र ट्रान्सवर्ल्डको सेवा ठूलो मात्रामा अवरुद्ध भएको छ । पाकिस्तानका इन्टरनेट प्रयोगकर्ताहरूले यसबारे लगातार गुनासो गरिरहेका छन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार