बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
27.1 C
Kathmandu
37 C
Birgunj

ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१३ जेठ, काठमाडौं । सरकारले हाल ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म पु¥याएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ प्रस्तुत गर्दै ब्रोडब्यान्ड इन्टरनेट सेवा स्थानीय तहका पाँच हजार नौ सय ५१ वडा केन्द्रमा विस्तार गरिएको जानकारी दिए ।
त्यसैगरी, चार हजार दुई सय ७२ स्वास्थ्य केन्द्र र पाँच हजार तीन सय ४१ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार भएको छ । सबै सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्न वेबसाइटको साझा ढाँचा निर्माण गर्नाका साथै हालसम्म सो प्रणालीमा दुई सय ६३ निकाय आबद्ध भई ६३ निकायले वेबसाइट लाइभ गरेको सरकारले जनाएको छ ।

- Advertisement -

२०८० फागुनसम्म सरकारी क्लाउडमा रहेका तीन सय ४० सरकारी निकायमा सूचना प्रविधि प्रणाली उपयोगका लागि आठ सय ३८ भर्चुअल मेसिन सञ्चालन रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । २०८० फागुन महिनासम्ममा दैनिक सात सय ६५, अर्धसाप्ताहिक ३९, साप्तिाहिक दुई हजार नौ सय ८५ र अन्य दैनिक सात सय ९३, अर्धसाप्ताहिक ४०, साप्ताहिक दुई हजार नौ सय ७५ र अन्य चार हजार एक सय ३६ गरी जम्मा सात हजार नौ सय ४४ पत्रपत्रिका दर्ता भएको पनि सर्वेक्षणमा उल्लेख छ ।
भाषागत रुपमा हालसम्म सात हजार नौ सय ९७ पत्रपत्रिका दर्ता भएका छन् र दर्ता भएका पत्रपत्रिकामध्ये नेपालीभाषाका सबैभन्दा बढी पाँच हजार तीन सय ७६ र राई भाषाका सबैभन्दा कम दुई रहेका छन् । कतार एयरवेज र सिङ्गापुर एयरलाइन्ससँग २८ देशमा अन्तर्राष्ट्रिय डाँक ढुवानीका लागि सम्झैता भई ढुवानी कार्य भइरहेको छ । द्रूतडाँक सेवा हालसम्म ४४ जिल्लाको ६५ स्थानमा विस्तार भएको छ ।

अन्तर्राष्ट्रिय हवाई द्रूतडाँक सेवा हालसम्म ३९ देशमा विस्तार भएको छ । रेडियो नेपालको पहुँच ९३.० प्रतिशत जनसङ्ख्यामा पुगेको छ । रेडियो नेपालको प्रसारण क्षमता विस्तारको लागि चालु आर्थिक वर्षको फागुनसम्म जुम्दला, रुकुमपश्चिम र मुस्ताङमा रिले एफएम स्थापना भएसँगै रिले एफएम केन्द्रको सङ्ख्या ३२ पुगेको छ । अवलम्बन गरेको समावेशी नीतिअनुरुप रेडियो नेपालबाट विभिन्न ३२ भाषामा समाचार र २१ भाषामा कार्यक्रम प्रसारण हुँदै आएको छ । हालसम्म नियमित प्रसारणमा रहेका एफएम र टेलिभिजनको सङ्ख्या क्रमशः सात सय २० र एक सय ६ रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार