बाराका विभिन्न स्थानमा भारी वर्षा उच्च सर्तकता अपनाउन अनुरोध

spot_img

वीरगन्ज, २७ असार । बाराको केहीँ स्थानमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने भन्दै सर्तकता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

जिल्लाको अमलेखगञ्ज, चन्द्रपुर,निजगढ, रतनपुरी लगायत आसपासको क्षेत्रमा धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएकोले पसाहा,लमाहा,दुधौरा खोला, बकैया लगायत सो क्षेत्र भई बग्ने साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचो स्थानमा साँफ सम्म उच्च् सर्तकता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

वर्षातको समयमा नदीकिनारमा बसोबास गर्ने तथा नदी किनारा आसपासमा आफ्नो दैनिक जीविकोर्पाजनका लागि विभिन्न क्रियाकलापहरु गर्नै आम सर्वसाधारणले सर्तकार्ता अपनाउन जरुरी रहेकोले सबैले आफ्नो स्थानमा सर्तकता अपनाउन जरुरी छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय