वीरगन्ज, १ साउन । वीरगन्ज पथलैया सडकखण्ड अन्तर्गत पर्ने हिमाल आइरन र भारत भेन्च कम्पनी अगाडि भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् । वीरगन्जबाट नारायणगढ हुँदै भैरहवा चल्ने यात्रुवाहक बस जीतपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भारतबेन्च कम्पनी अगाडि घुम्तीमा आज बिहान दुर्घटना भएको थियो ।
हेटौडाबाट वीरगंज तर्फ तीब्रगतिमा आईरहेको ना ७ ख ६०७६ नम्बरको बस घुम्तीमा अनियन्त्रीत भई पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमाबाराको जीतपुरसिमरा उपमहानगरपालिका – ३ की ३३ बर्षिाया जानुका ढुंगाना, वडा नम्बर ७ अमलेखगन्जका ३३ बर्षिय शंकर गुरुङ, बाराकै कलैया उपमहानगरपालिका – १८ मोतिसरका २१ बर्षिय कन्हैया गुप्ता,बाराकै महागढीमाई नगरपालिका–५ का १८ बर्षिय सर्वजित राम रहेका छन् ।
त्यसैगरी मकवानपुरको हेटौडा उपमहानगरपालिका– ८ की ३९ बर्षिया सरस्वती काफ्ले, वडा नम्बर १५ का ३५ बर्षिय सागर गोले, वडा नम्बर ९ की ५३ बर्षिया गौरी श्रेष्ठ, – ४ का ३० बर्षिय अमिर थापा, वडा नम्बर १५ का २५ बर्षिय सुमन लामापनि घाइते भएका छन् ।
त्यसैगरी पर्साको वीरगन्ज महानगरपालिका – ५ रेशमकोठीका ५० बर्षिय दिपेन्द्र कुमार गुप्ता, वडा नम्बर १५ भिस्वाका ४२ बर्षिय बिक्रम राना मगर , वडा नम्बर ६ माईस्थानका १८ बर्षिय सोयब अन्सारी तथा चितवनको कालिका गाँउपालिका –५ का ५५ बर्षिय तिलक भट्टराई,भारतको बिहार राज्यको रक्सौलका १८ बर्षिय साहिद अन्सारी र हालसम्म नाम वतन खुल्न नसकेका अन्दाजी बर्ष २४ का एक युवकपनि रहेको प्रहरीले जनाएको छ ।

