श्री शिव महापुराण ज्ञान महायज्ञको सम्पुर्ण तयारी पुरा,भोलि कलश यात्रा

spot_img

वीरगन्ज, २१ साउन । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा श्री शिव महापुराण ज्ञान महायज्ञ हुने भएको छ । पञ्चेश्वर महादेव मन्दिरको आयोजनामा वडा नम्बर २ नरबस्तिस्थित श्री पञ्चेश्वर शिवालय मन्दिरमा शिव महापुराण ज्ञान महायज्ञ हुन लागेको हो ।

मन्दिरको जीर्णोद्धार तथा भौतिक संरचना सुधार गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको शिव महापुराण ज्ञान महायज्ञ साउन २२ गतेदेखि
भदौ २ गतेसम्म चल्नेछ । शिव महापुराणमा नवराज अधिकारीले कथा बाचन गर्नेछ ।

शिव महापुराणमा झाँकी तथा सङ्गीतमय कथा बाचन समेत गरिने आयोजक समितिका संयोजक बिरेन्द्र बास्कोटाले जानकारी दिए । संयोजक बास्कोटाले शिव महापुराणको उद्घाटनको दिन भोलि कलश यात्रा निकालिने बताए । शिव महापुराणमा भाद्र १ गतेसम्म प्रत्येक दिन विहान ७ बजे देखि मध्यान्न १२ बजे सम्म पूजापाठ र मध्यान्न १ः३० बजे देखि ५ः३० बजेसम्म कथा वाचन हुनेछ । यसैगरी साँझ ८ बजे देखि महात्मिक कथा तथा झाँकी प्रदर्शन गरिनेछ ।

श्रावण २५ गते काल सर्प दोष शान्ति, भाद्र १ गते लक्ष दीप प्रज्वलन रात्री जागरण र भाद्र २ गते स्वत तिला अर्पण तथा हवन कार्यक्रम हुने संयोजक बास्कोटाले जानकारी दिए । शिव महापुरण आयोजना गर्न बास्कोटाको संयोजकत्वमा बिभिन्न उप समिति गठन गरिएको छ । संयोजक बास्कोटाले महायज्ञको सम्पुर्ण तयारी पुरा भईसकेको जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय