spot_img

गढीमाई मेलालाई भव्य र सभ्य बनाउन तीनै तहको सरकार लागी परेको छ : मेयर यादव

spot_img
spot_img

वीरगन्ज, २८ भदौ । विश्वमै सबैभन्दा बढी बली चढाईने मन्दिरको रुपमा परिचित गढीमाई मन्दिरमा यस वर्ष पनि पंञ्य वर्षिय मेला लाग्दै छ । बाराको महागढीमाई नगरपालिका बरियारपुरमा अवस्थित यो मन्दिरमा हरेक ५ वर्षमा एकपटक ३० दिन अर्थात् एक महिना मेला लाग्ने गरेको छ। यो वर्ष मंसिर महिनामा मेला लाग्ने भएको छ ।

हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेको यो मन्दिरमा नेपाल, भारत लगायतका देश विदेशबाट हजारौको सख्यामा भक्तजनहरु आउने गरेका छन् । यस वर्षको मेलालाई ऐतिहासिक तथा सभ्य र भव्य बनाउन सम्पूर्ण नगरवासी,नगरपालिकाको कर्मचारी गढीमाई मेला समिति लगायतका सम्बन्धित पक्षहरु लागी परेको महागढीमाई नगरपालिकाका मेयर उपेन्द प्रसाद यादवले बताए ।

विगत २०७६ सालको मेलामा पनि लाखौको सख्यामा भक्तजनहरुको सहभागी रहेको र यस वर्ष पनि बढी भन्दा बढी भक्तजनहरुको सहभागी गराउने उदेश्यका साथ मेलाको तयारी तीव्र रुपमा भईरहेको मेयर यादवले जानकारी दिए ।

२०८१ सालको मेलामा झैझगडा होहल्ला तथा अनावश्य बादविवाद हुन नदिन सुरक्षा व्यवस्था पनि कडाईका साथ मिलाईने र विगतका मेलामा जस्तो गढीमाई मन्दिर समिति र नगरपालिकाबीच कुनै आनाकानी नरहने गरी सहकार्य, समन्वय र समझदारीका साथ मेलाको तयारी भईरहेको उनको भनाइ छ।

गढीमाईको पंञ्चवर्षीय मेलामा देश बिदेशबाट आउने सम्र्पूण भक्तजनहरुलाई सहज रुपमा पुजाआरधाना गर्न पाउने अर्थात पूजा आरधाना गर्न लाईनमा लामो समय सम्म बस्नुनपर्ने गरी तथा शरीरिक रुपमा अपांगता भएका भक्तजनहरुलाई कसरी सहज रुपमा पुजाआरधाना गर्ने वातावरण सिंजन गर्ने भन्ने विषयमा पनि गम्भिर ध्यान रहेको बताउदै सहज ढंगवाट पुजाआरधाना गर्ने वातावरणको र्सिजन गर्न आफूहरु लागि परेको  उनले बताए।

उनले यो मेला एउटा बरियातपुरबासीको मात्र नभएर यो सम्पूण देश तथा हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेकोने यो मेलाको व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारगरी तिनै तहको सरकारले आफ्नो –आफ्नो ठाउंबाट लागी परेको बताए । यस वर्षको मेलामा कुनै किसिमको समस्या नहुने सबैले आफ्नो–आफ्नो अधिकारक्षेत्रभित्र रहेर मेलालाई भब्य र सभ्य बनाउन तीनै तहका सरकार लागी परेको मेयर यादबको दाबी छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय