वीरगन्ज, १५ असोज । विश्वमै सबैभन्दा बढी बली चढाईने मन्दिरको रुपमा परिचित बारा जिल्लाको बरियारपु स्थित गढीमाई मन्दिरमा यस वर्ष लाग्ने पञ्चवर्षीया मेलाको सञ्चालन तथा व्यवस्थापनका लागि समिति गठन गरिएको छ । महागढीमाई नगरपालिकाको प्रमूख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा १ सय ११ सदस्यीय मूल समिति गठन गरिएको छ ।
मेलाकाे मूल समितिको उपाध्यक्षमा मनोजकुमार गुप्ता, रामचन्द्र प्रसाद साह, रामबाबु प्रसाद यादव र कलैश महतो रहेका छन् । यस्तै समतिको महासचिवमा वीरेन्द्रप्रसाद यादव, नरेशप्रसाद जयसवाल, उपेन्द्रप्रसाद गुप्ता तथा सचिवमा उमरावती देवीलहेरीन, नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया रहेका छन् ।मूल समितिको सददस्यमा बाराका १६ वटै पालिकाका प्रमुख र उपप्रमुख, जिल्लामा सकृय सबै राजनीतिक दलका एक एक जना प्रतिनिधीहरु रहेका छन् ।
यस वर्षको मशिरमा लाग्ने पञ्चवर्षीया मेलालाई एैतिहासिक, सव्य र भव्य बनाउने उदेश्यका साथ मेला सञ्चालन तथा व्यवस्थापनको लागि मूल समिति गठन गरिएको प्रमुख यादवले बताए ।
यस वर्षको गढीमाई मेला सभ्य र भव्य बनाउन आफूहरु घुडा टेकेर लागी परिरहेकाे उनले बताए ।




