spot_img

गढीमाई दर्शन गर्न जाने भक्तजनहरुका लागि निःशुल्क बस सेवा सुरू

spot_img
spot_img

वीरगन्ज, १८ असाेज । पशुबलीका लागि विश्वमै प्रसिद्ध रहेको बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुका लागि सदरमुकाम कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको छ ।

ओमविनायक ट्राभल्सले घटस्थापनादेखि नवमीका दिनसम्मका लागि कलैयाबाट गढीमाई मन्दिरसम्मका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो । हरेक ५ वर्षमा लाग्ने पञ्चवर्षीय मेला बिहीबार घटस्थापनका दिन बृहत शोभा यात्रा निकालिए सगै विधिवतमा रुपमा सुरु मेला भइसकेको छ ।

बिहीबारदेखि पञ्चवर्षिय गढीमाई मेला विधिवत रुपमा सुरु भएसंगै मन्दिर र मेलामा दर्शन गर्न चाहने भक्तजनहरुका लागि बिहीबारदेखि नै कलैयाबाट निःशुल्क बस सेवा सुर गरिएको ओमविनायक ट्राभल्स प्रालिका सञ्चालक अच्यूत पौडेलले जानकारी दिए ।

घटस्थापनका दिनदेखि नवमीका दिनसम्म अर्थात असोज २५५ गतेसम्म कलैयाको भरत चोकबाट हरेक दिन बिहान ६.३० बजे भक्तजनहरुलाई लिएर बस गढीमाई मन्दिरसम्म जाने र मन्दिरबाट फेरि भक्तजनहरुलाई लिएर बिहान ८.३० बजे बस कलैयामा फर्किने पौडेलले बताए ।बिहीबार गढीमाई मेलाका लागि निकालिएको शोभायात्रामापनि आँफुले दुई वटा बस निःशुल्क उपलब्ध गराएको समेत उनले जानकारी दिए ।

महागढढीमाई नगरपालिका तथा गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा भक्तजनहरुका लागि निःशुल्क बस सेवा सुरु गरिएको उनले बताए ।

महागढीमाई नगरपालिकाका मेयर तथा मेला समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवलेपनि गढीमाई मन्दिर र मेलामा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि ओम विनायक ट्राभल्स प्रालिका अध्यक्ष पौडेलसंगको समन्वयमा कलैयाबाट मन्दिरसम्म निःशुल्क बस सेवा सुरु गरिएको बताए । यसबाहेक बारा बस व्यवसायी संघको समन्वयमा थप अरु चार वटा बसपनि निःशुल्क सञ्चालन गर्ने बारेमा पहल भइरहेको अध्यक्ष यादवले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय