spot_img

गढीमाई मेलामा २ करोड बढी दर्शनार्थी आउने अनुमान

spot_img
spot_img

बीरगन्ज,०७ कार्तिक । पाँच वर्षमा लाग्‍ने गढीमाई मेला आगामी यसवर्ष मंसिर १७ देखि सुरु हुने भएको छ। बारास्थित महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्‍ने उक्त मेला मंसिर ३० सम्म सञ्चालन हुने भएको छ ।

गढीमाई मेलाका लागि महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । मेलामा करोडौं भक्तजन तथा दर्शनार्थीहरु आउने व्यवस्थापन समितिले जनाएको छ ।

भक्तजनको सुरक्षाका लागि समेत  उचित व्यवस्था गरिएको र हरेक चोकमा प्रहरीले सुरक्षा दिने मेला समिति संयोजक उपेन्द्र प्रसाद यादवले बताए । मेला समितिले यो वर्ष १ हजार बिघामा मेला लगाउने तयारी गरेको यादवले बताए । उक्त क्षेत्रफलमा सातै प्रदेशका कृषिजन्य वस्तु पनि राखिने व्यवस्थापन समितिले जानकारी गराएको छ ।

गढीमाईमा विशेष पुजाका रुपमा मङ्सिर शुक्ल पक्ष सप्तमी तिथिमा झाँक्रीले विधिपूर्वक विशेष तान्त्रिक पुजा गरी पञ्चवली दिने परम्परा छ । गढीमाईको विशेष पुजा मंसिर २३ देखि २५ गतेसम्म हुनेछ ।

गढीमाई मन्दिरको मूल पुजारी चौधरी समुदायबाट राख्ने गरिएको छ। गढीमाई मन्दिरको स्थापना काल देखि नै चौधरी समुदायबाट पुजारी राख्ने प्रचलन रहेको मेलाका व्यवस्थापन समितिका अध्यक्ष यादवले बताए। हाल शिव चौधरी मूल पुजारी छन् ।

गढीमाई मन्दिरमा मूख्य गरी राँगाको बलि दिने प्रचलन छ । मन्दिरमा मुसा, परेवा, बोका, राँगा र खरायो गरी पाँच पशु एवं पंक्षीको पञ्चबली चढाउने प्रचलन छ । गढीमाई मन्दिरका मूल पुजारी शिव चौधरी छन् ।

मूल पुजारी थारूकै पुर्खालाई देवीले सपनामा दिएको निर्देशन अनुसार मन्दिर स्थापना भएको र यो मन्दिरमा चौधरी नै मूल पुजारी रहँदै आएको गढीमाइ पञ्चवर्षीय मेला समिति अध्यक्ष एवं महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव बताउँछन् । उनका अनुसार मन्दिरको करिब डेढ सय वर्ष पुरानो इतिहास छ।

गढीमाई मेलामा भारतबाट मात्रै ७० प्रतिशत श्रद्धालु भक्तजनहरु आउने गर्दछन्। मेला समिति संयोजक उपेन्द्र प्रसाद यादवका अनुसार दिल्ली, हरियाना, उडिसा, विहार, झारखण्ड, युपी, बंगाललगायतका देशबाट ठूलो संख्यामा भक्तजनहरू आउने गर्दछन् । साथै चीन, अमेरिका लगायतका अन्‍य देशहरूबाट पनि मेला हेर्नकै लागि भए पनि भक्तजनहरू आउने गरेको उनले बताए ।

प्रत्‍येक पाँच वर्षमा हुने मेला भएकाले गढीमाइ मन्दिरमा विशेष पूजा हुने गरेको उनको भनाइ छ । यसपटक पनि विशेष पूजाका लागि समितिले ५०० रुपैयाँ तोकेको छ, जसमा भक्तजनले मन्दिरका पूजारीसँग पूजा गर्न पाउनेछन् ।

अन्य जिल्लाबाट मेलाको दिन दर्शन गर्न आउन चाहने लागि ‘हेलिकप्टर’को व्यवस्थापन केन्द्र सरकारसँग पहल भइरहेको समितिका अध्यक्ष यादवको भनाइ छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय