spot_img

बाराको महागढीमाई नगरपालिका निवासी श्रीनारायण प्रसाद यादवको हत्या

spot_img
spot_img

उमेश कुशवाहा/बारा,११ कार्तिक – बारामा एक पुरुषको हत्या भएको छ । बाराको महागढीमाई नगरपालिका वडा नं. १ सेमराते गछिया नयका टोल निवसी राजबन्सी राय यादवको छोरा अन्दाजी ५५ बर्षिय श्रीनारायण प्रसाद यादवको हत्या भएको छ ।

यादवको घाटीमा धारिलो हतियार प्रहरा गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गाउँ नजिकै सडक छेवमा मृत अवस्थामा स्थानियहरुले रायलाई देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

खबर पाउँना साथ घटना स्थलमा पुगेको प्रहरी टोलीले शनिवार राती ८ : १५ मिनेटमा रायको शव उठाएको हाम्रा बारा सम्वादाताले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

रक्सी पसलबाट मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा यादवको बाटोमा हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराको जनाएको छ । प्रहरीले अनुसन्धानको लागि ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताए । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल कलैंयामा राखिएको तथा घटनाको बिषयमा थप अनुसन्धान भइरहेको डिएसपी सापकोटाले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय