spot_img

अर्जुन कपुरले गरे ब्रेकअपको पुष्टि

spot_img
spot_img

काठमाडाैँ,१३ कार्तिक । बलिउड कलाकारद्वय अर्जुन कपुर र मलाइका अरोराको सम्बन्ध धेरै वर्षदेखि चर्चामा छ।

सलमान खानका भाइ अरबाज खानसँगको विवाह तोडिएपछि अर्जुन कपुरसँग सम्बन्धमा आएकी मलाइका अरोराको यो अफेयर पनि उमेरको अन्तरका कारण चर्चामा थियो।

अहिले अर्जुन कपुरले आफू सिंगल भएको घोषणा गरेका छन्। सिंघम अगेनमा नकारात्मक भूमिका निर्वाह गरिरहेका अर्जुन कपुरले मुम्बईको शिवाजी पार्कमा ठाकरे परिवारको दिवाली पार्टीमा आफू अब सिंगल भएको घोषणा गरेका हुन्।

अर्जुन कपुरले मलाइका अरोरासँग २०१८ देखि डेट गरिरहेका थिए। यसबीच दुवैले सामाजिक सञ्जालमा धेरैपटक सँगै रोमान्टिक तस्बिर पनि पोस्ट गरे। यो जोडी धेरैपटक सुन्दर यात्रामा जाँदै र एकअर्कासँग समय बिताएको पनि देखिएकै हो।

तर सामाजिक सञ्जालमा भर्खरै एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा अर्जुन कपुरले हातमा माइक समातेर सबैको अगाडि भनेका छन्, ‘म अहिले सिंगल छु, आराम छु।’

उक्त भिडिओ भाइरल भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय