spot_img

गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहलका लागि सरकारसँग माग

spot_img
spot_img

बारा,१८ कार्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन विशेष पहलका लागि सरकारसँग माग गरेका छन् ।

यहाँस्थित महागढीमाई नगरपालिका बरियारपुरमा रहेको गढीमाई मन्दिरमा आज आजपा जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध यस मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका हुन् ।

अध्यक्ष साहले त्यसका लागि सबै पक्षबाट सहयोग जरूरी रहेको धारणा राख्नुभयो । “विश्व प्रसिद्ध गढीमाईलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपर्छ भन्ने हाम्रो माग छ । यसका लागि सबैले पहल गर्न आवश्यक छ । सरकारले यसमा विशेष पहल गर्नुपर्छ”, उनले भने ।

विश्वप्रसिद्ध गढीमाईको पाँच वर्षीय मेला आगामी मङ्सिरमा लाग्दैछ । स्थानीयस्तरमा यसको तयारी तीव्र रूपमा भइरहेको छ । लाखौँ श्रद्धालु सहभागी हुने यस मेलाको व्यवस्थापनलगायत काममा पनि सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा साहले जोड दिए ।

कार्यक्रममा अजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षहरू अशोक लामा, बिल्टू यादव, महासचिब त्रिभुवन साह, उपमहासचिब चन्द्रभुषण साह तथा नगरप्रमुख उपेन्द्र यादव, गढ़ीमाई ट्रस्टका अध्यक्ष रामचन्द्र साहलगायतले गढीमाईको महिमाबारे चर्चा गरेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय