वीरगञ्जको ‘डाइनामिक टेक्नोसफ्ट’ ले जापानमा जित्यो अवार्ड

spot_img

वीरगंज,२५ कार्तिक — हालै एसियन(आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन ९असोसियो०ले जापानमा आयोजना गरेको डिजिटल समिटमा वीरगञ्जको डाइनामिक टेक्नोसफ्ट प्रालीले एड(टेक विधामा अवार्ड प्राप्त गरेको छ । एसियाका २४ देशका सूचना प्रविधि क्षेत्रका संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो ।

सन् २०१० मा स्थापना भएको डाइनामिक टेक्नोसफ्ट मोफसलमा खुलेका कम्पनीमध्ये प्रतिष्ठित असोसियो अवार्ड जित्ने पहिलो कम्पनी बनेको विज्ञप्तीमा उल्लेख छ । उक्त अवार्डले आफूहरूलाई अगाडी बढ्न थप प्रेरणा मिलेको कम्पनीका सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक साहले बताएका छन् ।

कम्पनीले विशेषगरी विद्यालय र कार्यालय व्यवस्थापनका लागि एकेडेमिक ईआरपी, एकाउन्ट ईआरपी, एचआर र पेरोल सफ्टवेयर, एएमएसजस्ता सफ्टवेयर विकास गर्दै आएको छ । कम्पनीले वीरगञ्ज, काठमाडौं, इटहरी, बुटवल, पोखरा र जनकपुरमा शाखा विस्तार गरिसकेको छ भने भारतमा पनि बजार बढाइरहेको जनाएको छ । कम्पनीले दुगड ग्रुप, सिप्रदी, हुलास स्टिल, गोदावरी ग्रुपजस्ता ठूला उद्योगहरूको लागि सफ्टवेयर सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले वार्षिक १५ करोड रुपैयाँको कारोबार गर्ने र २ सयभन्दा बढीलाई रोजगारी दिइरहेको जनाएको छ । सभार:इकान्तिपुर

spot_img

ताजा अपडेट

लोकप्रिय