श्रीलंकन एयरलाइन्सले ५ देखि २० प्रतिशतसम्म घटायो हवाई भाडा

spot_img

काठमाडौं, ७ मसिर । ।नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ ।

कम्पनीका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार श्रीलंका–काठमाडौं–श्रीलंका र काठमाडौं–माल्दिभ्स–काठमाडौं दुबै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको छ । घटेको भाडादर आजबाट ३१ डिसेम्बरसम्म लागु हुने उनले बताए ।

=
नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा कम्पनीले भाडा घटाउने निर्णय लिएको उनको भनाई छ । यसअघि नेवानिले समेत बिहीबार भाडा घटाएको घोषणा गरेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय