Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन...

काठमाडौं,२७ मंसिर – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...

रौतहट–१ मा रञ्जित पटेलको...

रौतहट, २६ मंसिर – रौतहट निर्वाचन क्षेत्र नं. १ यमुनामाई गाउँपालिका–१ जेठरहिया निवासी...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
16.1 C
Birgunj
spot_img

वीरगन्जबाट ८५ केजी लागूऔषध गाँजा लोड रहेको ट्रकसहित तीनजना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ७ मसिर । पर्सा प्रहरीले ८५ केजी गाँजा लोड गरेको मिनी ट्रक सहित तीनजनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ बाइपास सडकखण्डबाट ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनरमा लुकाएर ल्याएको ८५ केजी गाँजा सहित तीनजनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपालचोक जिल्लाको बलेफी गाउँपालिका –६ का ३६ वर्षीय शान्त वहादुर तिमिल्सिना, मकवानपुरको भीमफेदी गाउँपालिका – ९ का ४८ बर्षीय प्रेम रुम्बा र मकवानपुरकै कैलाश गाँउपालिका –१ का ३८ बर्षीय सुर्य बहादुर मोक्तान रहेका छन् ।

मिनी ट्रकमा गाँजा लोड गरेर ल्याएको सूचनाको आधारमा रोकेर जाँच गर्दा मिनी कन्टेनर ट्रकभित्र ४ वटा सेतो प्लाष्टिकको बोरामा रातो प्लाष्टिकले बेरी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ८५ के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय पार्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

मिनी कन्टेनर ट्रकमा लोड रहेको गाँजा सहित पक्राउ परेका विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार