शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

निर्धक भएर गढीमाई मेला आउँन महासचिव जैसवालको आग्रह

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, १८ मसिर । विश्व प्रसिद्ध बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित पञ्चवर्षीय गढीमाई  मेला शुरु भइसको छ । मेलाकाे तयारी कस्तो छ र यस बर्षको मेलामा बिशेष के छ ? लगायतको सेरोफेरोमा रहेर नेपाल पाेष्टका  सहकर्मी मनोज पटेलले मेला व्यवस्थापन मुल समितिका महासचिव नरेश जैसवालसँग कुराकानी गरेका छन् ।

महासचिव जयसवाल एक युवा नेता, युवा उद्यमी, तथा समाज सेवी पनि हुन् । बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिर व्यवस्थापन, संरक्षण, संम्वद्र्धनमा लामो समयदेखि सक्रियतापूर्वक लागिपरिरहेका छन् । प्रस्तुत छ कुराकानीको मुख्य अशंहरु

सबैतिरबाट कुरा आईरहेको छ, यस पालिको गढीमाई मन्दिरमा लागिरहेको पञ्चवर्षीय मेला भव्य र सभ्य हुन्छ भनेर यो कसरी सम्भव छ र यसबारेमा दर्शनार्थीहरुलाई के सन्देश दिन चाहानुहुन्छ ?

यस वर्षको मेला सत प्रतिशत भव्य र सभ्य हुने बताउँदै मेलाको तयारीको अन्तिम चरण्मा पुगेको र शनिबारदेखी केहीँ खेलहरु पनि सुरु भईसकेको र बाकी खेलहरु जस्तै सर्कस लगायतका खेलहरु पनि सुरु हुने तयारीमा रहेको उनले जानकारी दिए । मेलाकाे  हरेक िवषायलाई ध्यानमा राखी जस्तै खानेपानी, सुरक्षा,स्वास्थ्य, बाटोघाटो, शौचालय,बिजुली बत्तीलगायतको सम्र्पूण तयारी भईरहेको रातको २ बजेसम्म अनुगमन तथा निरिक्षण गरी तयारीमा जुटीरहेको उनले बताए ।

 यतिबेला मेला प्रतेक दर्शनार्थीको घर–घरमा प्रवेश गरिसकेको छ, अब हामीसँग एकदमै कम समय रहेको अवस्थामा बलि दिने दिन पनि नजिकिदै गर्दा सम्पुर्ण तयारी अगाडी नै सकिनुपर्नेमा मेला मूल समेतिले तयारीलाई तिव्र रुपमा अगाडी बढाउनुपर्नेमा  ढिलासुस्ती गरिरहेको भन्ने टिप्पणी पनि आउने गरेको छ यसमा तपाई के भन्न चाहानुहुन्छ ?

टिप्पणी गर्नेहरुले लाखौ राम्रो काम गरेपनि अन्त्यमा टिप्पणी गरेरै छाड्ने टिप्पण गर्ने कतिपय व्यात्तिहरुको बानीनै बसेको हुने र टिप्पणी गरिरहने उल्लेख गर्दै अरुको कुरा काट्ने व्यात्तिहरुको पनि आवश्यक रहेको जसबाट काम गर्ने प्रेरणा, हौसला मनोबल बढ्ने बताउँदै  मेलाको तयारीका लागि आफू र आफ्नो मेला समितिले क्षमताले भ्याएसम्म घुडा टेकेर लागि परेको र सोमबार देखि मेला पुर्ण रुपमा व्यवस्थित हुने बताए । मेलामा कहीँ कतै कुनै कुराको कमी नरहने उनकाे भनाई छ ।

भक्तजनहरु आएर माताको दर्शन गर्नलाई  किनमेलमा सहुलियत मूल्यमा उपलब्ध गराउनका लागि व्यापारीहरुको स्टल बुकिङ्ख गर्ने कार्य के भइरहेको छ ? कतिपयको गुनासो आइरहेको छ , हामीलाई स्टल नै उपलब्ध भएन अर्थात् पाइएन भन्ने गुनासो पनि रहेको छ र यसका अलवा शान्ती सुरक्षाका विषयमा पकेटमारा, चोरी लगायतका घटनाहरु मेलामा हुन सक्छ । यस्ता अपराघिक गतिविधिहरुलाई नियन्त्रण गर्न वा रोक्न मेलासमेतिले के कस्ता योजनाहरु अगाडी सारेको छ ? र स्थानीय प्रशासन सँग केकस्ता समन्वय गरीरहनु भएको छ ?

स्थानीय प्रशासनकका एसपी, डिएसपी, सिडिओ लगायत सरोकावालापक्षहरुसँग दिनप्रतिदिन बसेर मेलालाई भव्य र सभ्य बनाउने विषयमा छलफल हुने गरेको बताउँदै उनले भने, धर्ममा आस्था रहेका दर्शनार्थीहरु मन्दिरमा पूजाआरधाना गर्न आउँछन् सबैदर्शनार्थीहरुको सुरक्षाका विषयमा पनि गम्भिर छलफल हुने गरेको र दर्शनार्थीहरुका सुरक्षलाई मध्यनजर गर्दै मन्दिरबाट आधा, एक र ढेड किलोमिटरको दुरीमा ठाउँ–ठाउँमा गरी ६ वटा पार्किङस्थलको व्यवस्था गरिएको छ ।

त्यसै गरी दर्शनार्थीहरुको सहजताका लागि खााना, पानी शौचालयको पनि व्यवस्था गरिएको छ । हरेका पाकिङस्थलमा २५ जना सुरक्षाकर्मीको टोलीद्धारा निगरानी रहनुका साथै मन्दिर आउने सबै बाटोहरुमा भेटनर डाक्टसहितको टोली रहने र धार्मिक आस्था अनि विश्वास अनुरुप माताकाे मन्दिरमा बलिदिन ल्याइने पशुको स्स्थ्य परीक्षण हुने छ । मेलामा २००० भन्दा बढी सुरक्षा कर्मीहरु खटाईने महासचिव जयसवालले जानकारी दिए ।
 

नेपाली सनाको प्रमुख रेखदेखममा यो मेलाको व्यवस्थापन भइरहेका छ भन्ने हल्ला पनि सुनिन्छ, नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी तथा नगर प्रहरीको भुमिका के–कस्तो रहेको छ ?

मेलालाई भव्य र सभ्य बनाउनका लागि मन्दिरको वरीपरी तीन वटा घेरा बनाईको छ । जुन घेरा मन्दिरको वरीपरि नेपाली सेना रहने र नेपाल प्रहरी र सशस्त्र प्रहरी पार्किङस्थलमा,मन्दिरको वरीपरी चारैतिर सुरक्षाकर्मी रहने भएकोले दर्शनार्थीका कुनै प्रकारको असुविधा चोरी डकैती नहुने उनको दाबी छ ।

मन्दिरमा आउने दर्शनार्थीहरुको स्वस्थय अवस्थालाई मध्यनगर गर्दै काठमाडौं मेडसिटी अस्पतालको टोली आएर सेवा प्रवाह गर्न सुरु गरिसकेको उनले जानकारी दिए । जसमा भेन्टिलेटरको सुविधा सम्म् उपलब्ध गराउन सकिने र ३ वटा स्वस्थ्यकर्मीको टोली परिचालन भईसकेको बताउँदै महासचिव जयसवालले मेला हेर्न निर्धक्क भएर सबैलाई आउन आग्रह समेत गरेको छ ।

हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला गत मसिर १ गते देखि सुरु भइसकेको छ ।

ताजा समाचार

spot_img

थप समाचार