spot_img

एनपिएल : रोमाञ्चक खेलमा काठमाडाैंले कर्णालीलाई हरायो

spot_img
spot_img

काठमाडौं,१९ मंसिर । काठमाडाैं गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।

सोमपाल कामीको कप्तानीङ्गा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडाैंले पहिलो जित निकालेको हो ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो ।

काठमाडाैंका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए ।

spot_img

ताजा अपडेट

लोकप्रिय