‘कृषि एक्स्पो गढीमाई–२०८१’ मेलामा अवलोकनकर्ताहरुको भिड

spot_img

बारा,२१ मंसिर । बारामा चलिरहेको ‘कृषि एक्स्पो गढीमाई–२०८१’ मेलामा अवलोकनकर्ताहरुको भिड लागेको छ ।

प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला हर्न आउने अवलोकनकर्ताहरुको भिड बढेको हो । तराईका किसानलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्नेहरुलाई एकै ठाउँमा जमघट गराउन एक्स्पो आयोजना गरिएको छ ।

कनेक्ट किसानको आयोजनामा मंसिर १८ देखि २४ मंसिरसम्म चल्ने एक्स्पोको उप – प्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरेका थिए । १८ गते देखि सुरु भएको मेलामा मेला अवलोकन गर्ने अवलोकनकर्ताहरुको भिड लाग्न थालेको छ ।

एक्स्पोमा देशभरिबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ÷संस्थाका प्रतिनिधिलगायत कृषकहरुको वाक्लो उपस्थिति रहेको मेला संयोजक सञ्चिता लामिछानेले बताए । उनले विगतमा धार्मिक मेलाहरु मात्रै हुने बारामा कृषि मेलाले छुट्टै रौनकता छाएको बताए ।

उनले मेला अवलोकन गर्न हरेक दिन ४ हजार अवलोकन कर्ता मेलामा आएको बताए । उनले एक्स्पोमा २ लाख बढीले अवलोकन गर्नुका साथै ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य रहेको बताए । उनले एक्स्पोमा १ सय २५ भन्दा बढी स्टलहरु रहेको बताए । मेलामा अवलोकनकर्ताहरुले कृषिमा भित्रिएको नविनतम प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् ।

एक्स्पोको प्रमुख आर्कषणमा कृषि सेमिनार रहेको छ, जहाँ किसानहरुले विज्ञहरुसँग निःशुल्क परामर्श लिनुका साथै भलाकुसारी गर्ने अवसर समेत रहने लामिछानेले बताइन् । उक्त एक्स्पोमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाई – भैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केरा खेती, थोपा सिचाईं, विषादी रहित कृषि, इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय