spot_img

एनपीएलमा कर्णाली याक्सको पहिलो जित

spot_img
spot_img

काठमाडौं,२१ मंसिर । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ ।

यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।

धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य १९‍.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन बनाए ।

अन्तिम ओभरमा जितका लागि कर्णालीलाई ९ रन आवश्यक थियो । क्रिजमा जिसान मक्सुद र अर्जुन घर्ती थिए ।

अन्तिम ओभरमा रोमाञ्चक क्षण

चितवनका रिजन ढकालको बलिङमा अर्जुनले सुरुवाती ३ बलमा २-२ रन जोडेपछि जितका लागि ३ बलमा ३ रन आवश्यक भयो । तर चौथो बलमा अर्जुन रनआउट हुँदा २ बलमा ३ रन आवश्यक भयो । पाँचौ बलमा मक्सुदले चौका प्रहार गर्दै कर्णालीको जित सुनिश्चित पारे ।

ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै कर्णालीलाई गतिलो सुरुवात दिलाएका थिए । यो जोडीले पहिलो विकेटका लागि ९.५ ओभरमा ५३ रनको साझेदारी गरेको थियो । देव २५ रन बनाएर चितवनका कप्तान कुशल मल्लबाट एलबीडब्लु धरापमा परे । उनले ३४ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय