spot_img

गढिमाई मेलामा पहिलोपटक बृहत कृषि प्रदर्शनी: किसानले रोबोटसँग खेतीपातीको सल्लाह लिन सक्ने

spot_img
spot_img

बारा,२२ मंसिर । बाराको महागढिमाई नगरपालिकामा जारी विश्वप्रसिद्ध पाँचवर्षे गढिमाई मेलामा यसपटक बृहत कृषि प्रदर्शनीको आयोजना गरिएको छ। मंसीर १८ देखि २४ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीलाई नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको हो।

कनेक्ट किसान प्रालिद्वारा आयोजित प्रदर्शनीले किसान, कृषि उपज, बिउ, मल, बजार र उपभोक्ताबीचको सम्बन्ध प्रगाढ बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा आधुनिक प्रविधिहरूको प्रदर्शन, स्थानिय उत्पादनको प्रवर्द्धन र किसानलाई सहज कृषि समाधान दिन रोबोटको समेत प्रयोग गरिएको छ। किसानले खेतीपातीसम्बन्धी प्रश्नका लागि रोबोटसँग संवाद गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ।

अध्यक्ष सञ्जीता लामिछानेका अनुसार, मेलामा सहभागिता जनाउने करोडौँ आगन्तुकलाई स्थानीय उत्पादन र रैथाने बालीका महत्त्वका बारेमा जानकारी दिन यो प्रदर्शनी विशेष प्रभावकारी हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय