[ndc-today-date]
[ndc-today-date]

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...

सर्लाहीमा नागरिकताको प्रतिलिपि बनाउन...

सर्लाही,०६ चैत । राज्यको नीति अनुसार सहज, सरल र छिटोछरितो सेवा प्रवाह गर्ने...

भारतीय प्रधानमन्त्री मोदी साउदी...

काठमाडौं, ६ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी वैशाख ९ र १०...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

रविमाथि मानव अधिकार हनन् भएको छैन : गृहमन्त्री लेखक

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नवलपुर,२९ मंसिर । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै पनि मानव अधिकार हनन् नभएको बताएको छ ।

- Advertisement -

नवलपुरको हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संंस्कृत तथा साधारण मावि गिरुवारीको स्वर्ण महोत्सवमा सहभागि हुन आउनु भएको गृहमन्त्रीसँग नेपाल प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री मन्त्री लेखकले यस्तो बताएको हो ।

‘‘हरेक कुरा कानुनबमोजिम, अदालतको सहमतिले, अदालतले भनेअनुसार अनुसन्धान भइरहेको छ,’’ मन्त्री लेखकले भने, ‘‘कसैको मानव अधिकार हनन् भएको छैन, अदालतबाट म्याद लिएको छ, जतिदिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ भनेर कानुनले दिएको छ, त्यति नै गरिएको छ ।’’

- Advertisement -

उनले सरकार मानव अधिकारको रक्षाका लागि प्रतिवद्ध रहेको भन्दै हरेक मानिसको मानव अधिकारको रक्षा हुने बताउनुभयो । तर सडकमा भिड जम्मा गरेर प्रहरीको अनुसन्धानलाई प्रभावित गर्ने, न्यायीक प्रकृयालाई अवरुद्ध गर्ने, अदालत र प्रहरी कार्यालय घेर्न कोसिस गर्नेमाथि भने सरकार कठोर रहेको उनको भनाइ थियो ।

लोकतन्त्रमा भिडले न्याय दिने नभई कानुनी प्रकृया र पद्धतीबाट दिनु पर्ने मन्त्री लेखकले बताए । उनले अदालती र प्रहरीको कामलाई प्रभावित पार्नेविरुद्ध सरकार निर्मम हुने बताए ।

मन्त्री लेखकले लाखौं मानिसको करोडौं रुपियाँ सहकारीबाट हिनामिना भएको, नेपाली नागरिकको पैसा लुटिएको र त्यसैमाथि अनुसन्धान भइरहेको बताए । सानासाना व्यवशाय गरेर जम्मा गरेको पैसा ठगि र दुरुपयोग गर्नेमाथि अनुसन्धान गर्दा त्यसलाई नाजायज भन्न नमिल्ने उनको भनाइ छ ।

ताजा समाचार

spot_img

थप समाचार