जनताले नेपाली काँग्रेससँग बढी आशा गरेका छन् : उपप्रधानमन्त्री सिंह

spot_img

काठमाडौँ,३० मंसिर । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताले नेपाली काँग्रेससँग बढी आशा गरेको बताएका छन्।

उनले नेपाली काँग्रेसले जनतालाई अधिकार दिलाउन नेपालमा अग्रणी भूमिका खेल्ने पार्टी भएको उल्लेख गर्दै अरू पार्टीभन्दा जनताले बढी काँग्रेससँग बढी आशा गर्ने गरेको बताए।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली काँग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको बताए। उनले इतिहास बोकेको पार्टीको महत्त्वका बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिए।

सिंहले भने, ‘नेपाली काँग्रेस पार्टीको महत्त्वको बारेमा हामीले अलि ख्याल राख्नुपर्‍यो। जनतालाई अधिकार दिलाउन लडेको पार्टी भएर नेपाली काँग्रेसप्रति बढी आशाको रूपमा हेर्छन् भन्ने बिर्सिनु हुँदैन।’

उपप्रधानमन्त्री सिंहले नेपाली जनताले नेपाली काँग्रेसप्रति आशाको रूपमा हेर्ने गरेको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय