१४ वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा १ युवक पक्राउ

spot_img

रूपन्देही,११ पुस । रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका ३ सरौली बस्ने २५ वर्षीय सागर थापा छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय