सर्लाही, १६ पुस । सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ ।
गएराति हरिवनको चिनी मिलतर्फ उखु बोकेर जाँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टरमा ज ४ प ३७७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार बरहथवा नगरपालिका–५ निवासी २५ वर्षीय हरेन्द्र महतो र २२ वर्षीय पुरुषोत्तम दासको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

