शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025
शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

काठमाडौँ अदालतले रविलाई न्यायिक हिरासतमा पठायो

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२८ पुस । स्वर्णलक्ष्मी सहकारीमा रहेको बचतकर्ताहरूको रकम ठगी गरेको अभियोगमा बयान सकिए पनि थुनछेक बहस नहुँदा रवि लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौँको न्यायीक हिरासतमा गएका छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्नेगरी रविलाई प्रहरीको जिम्मा लगाउन आदेश गरेको छ।

जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीको रकम ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा ६५ लाख धरौटीमा रिहा गरे पनि उनलाई अन्य अदालतमा मुद्दा रहेको भए बुझाउन भन्ने आदेश नदिँदा उनी हिरासतमुक्त भएका थिए।

बिहीबार बेलुका हिरासतमुक्त भएका उनले शुक्रवार आफैँ काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने बताए पनि उनी आइतबार मात्र उपस्थित भएका थिए। आइतबार बिहान अदालत हाजिर भएका उनको बयानको काम सुरु भएको थियो।

उनको बयान सकिएपछि आइतबारै थुनछेक बहस सुरु गर्न तयारीपछि सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेको भन्दै थुनछेक बहस सुरु नगर्न अनुरोध गरेपछि न्यायाधीशले रविलाई न्यायिक हिरासतका लागि प्रहरीमा बुझाउन आदेश दिए।

ताजा समाचार

spot_img

थप समाचार