Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वीरगंज बीपी उद्यानको जग्गामा...

वीरगंज, २८ मंसिर - वीरगंज महानगरपालिकाले बीपी उद्यान खाली गर्न दिएको म्याद सकिएसँगै...

अध्यक्ष ओलीले केन्द्रीय कमिटी...

काठमाडौं, २८ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय...

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

मधेश केन्द्रित ८ दलको बैठक बस्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१७ माघ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा आज दिउँसो २ बजे मधेश केन्द्रित आठ राजनीतिक दलको बैठक बस्दैछ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनका अनुसार बैठकमा मोर्चा निर्माणका लागि गठन गर्न लागिएको आठ सदस्यीय कार्यदलका सदस्यहरूको नाम टुंग्याइनेछ ।

यसअघि, मधेश केन्द्रित दलहरूले मोर्चा निर्माणको सहमति गर्दै आठ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेका थिए। दलहरूले आजसम्म कार्यदलका सदस्यहरूको नाम प्रस्ताव गर्नुपर्ने समयसीमा तय गरिएको छ ।

बैठकमा मोर्चाको अवधारणा, एजेन्डा, र मोडलबारे छलफल गर्दै आगामी रणनीति तय गर्ने नेताहरूले जनाएका छन्। मोर्चा बनाउन जुटेका दलहरूमा जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी, र तराई मधेश लोकतान्त्रिक पार्टी रहेका छन् ।

ताजा समाचार

थप समाचार