आयातित वस्तु निर्यात गरेर व्यापारको आँकडा देखाउनुको कुनै अर्थ छैन : प्रधानमन्त्री ओली

spot_img

काठमाडौं,१७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उत्पादन बढाएर विदेश निर्यात गर्नुपर्नेमा जोड दिएका छन्।

आज भृकुटीमण्डपमा जारी नेपाल चेम्बर अफ कमर्स एक्पोको कार्यक्रमलाई सम्बोधन गर्दै सानो परिमाणमा उत्पादन गरेर विदेश निर्यात गर्न नसकिने भएकाले उत्पादन बढाउन जोड दिएका हुन्।

उनले भने,‘सानो उत्पादन होइन, ठूलो उत्पादन गर्नुपर्छ। उत्पादन गर्न सक्नुपर्‍यो। कुन चिज कहाँ बिक्रि हुन्छ ठम्याउनुपर्‍यो र त्यहाँ पठाउन सक्नुपर्‍यो।’ उनले किमाथान्कामा पुल बनेपछि चीनमा निर्यात गर्न सकिने उल्लेख गरे।

ओलीले भने,‘हामीले आयातित वस्तु्को निर्यात गरेर व्यापारको आँकडा देखाउनुको कुनै अर्थ छैन।’

spot_img

ताजा अपडेट

लोकप्रिय