आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

महायज्ञको नाममा दलितको घर...

जनकपुर,१० चैत । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञको नाममा जातीय विभेदको शिकार भएको...

बारा– ढल्केबर प्रसारण लाइन...

जनकपुर,१० चैत । नेपाल विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउने र नेपाल-भारत बीचको विद्युत्...

राष्ट्रिय सभाको बैठक आज...

काठमाडौं,१० चैत । संघीय संसदको राष्ट्रिय सभाको बैठक आज दिउँसो १२ बजे संसद...

टिकटकले ल्यायो नयाँ सुरक्षा...

काठमाडौं,१० चैत। टिकटकले आफ्नो प्रयोगकर्ताको खाता सुरक्षा बलियो बनाउने उद्देश्यले नयाँ सुरक्षा जाँच...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

प्रचण्डको प्रश्न: रवि लामिछानेको निलम्बन संवैधानिक र न्यायपूर्ण हो ?

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको निलम्बनप्रति आपत्ति जनाउँदै सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराएका छन् ।

- Advertisement -

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले अदालतले धरौटीमा रिहा गरेपछि पनि लामिछानेको निलम्बन संवैधानिक र न्यायसंगत छ कि छैन भन्ने विषय पुनः मूल्यांकन गर्न आग्रह गरे ।

प्रचण्डले सरकारलाई राजनीतिक प्रतिशोध लिने प्रवृत्तिमा लागिएको आरोप लगाए। उनले भने, “सरकार आज प्रतिशोध लिने विषयमा बलियो देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यसको सबैभन्दा ठूलो उदाहरण हुनुहुन्छ। उहाँलाई सहकारी ठगका रूपमा देशभर दौडाइएको छ।”

प्रचण्डले न्यायपालिकालाई धम्क्याएर लामिछानेलाई फसाउने प्रयास भइरहेको दाबी गरे। “हिजो अफर गर्नेहरू आज न्यायपालिकालाई धम्क्याएर भए पनि उहाँलाई फसाउने कसरतमा छन्,” उनले आरोप लगाए।

सम्पत्ति शुद्धीकरणको आरोपका कारण सांसद पद निलम्बन हुने प्रक्रियालाई लिएर उनले सम्भावित दुरुपयोगप्रति चिन्ता व्यक्त गरे। प्रचण्डले भने, “अहिले प्रतिशोध लिँदा मज्जा लागेको होला। तर भोलि यही नियम आफैंमाथि लागू भयो भने के होला?”

प्रचण्डको यो अभिव्यक्ति राजनीतिक र न्यायिक प्रक्रियाहरूलाई लिएर बहस पुनः चर्किने संकेतका रूपमा हेरिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार