आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

बिहे भोजमा झडप धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको छ । त्यस्तै पाँच जना घाइते भएका छन् । बाँकेको बैजनाथ गाउँपालिका–८ पुष्पनगर बीचलाइनका एक युवकको बिहे भोजमा माघ २५ गते मध्यराति मदिराले मातेका आफन्तबीच झगडा भएको थियो । झगडामा परी स्थानीय १८ वर्षीय दिनेश रोकायाको मृत्यु भएको हो ।

- Advertisement -

दिनेशमाथि बैजनाथ–२ का ३५ वर्षीय रामबहादुर रानामाथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका थिए । त्यसपछि दुई समूहबीच कुटाकुट हुँदा पाँच जना घाइते भएका थिए । घाइते सबै आइतबार बेलुकीसम्म मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किसकेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दिनेशलाई भारतको लखनउ लगिएको थियो । आइतबार उपचारका क्रममा लखनउमै दिनेशको मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले बताए ।

उनीमाथि धारिलो हतियार प्रहार गरेको आरोपित रामबहादुर राना पक्राउ परिसकेका छन् । घटनाको अनुसन्धानका लागि अन्य पाँच जनालाई पनि नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताए ।

ताजा समाचार

spot_img

थप समाचार